
पाल्पा रामपुर फाल्गुण २६
पाल्पा जिल्ला आफैमा एक धार्मीक र्पयटकिय रुपमा परिचित छ , पश्चिममा भैरवस्थान, र्पुवमा रम्भादेवि साथै सिद्धवावा धामहरु कतै शालिकग्राम संकलन त कतै रामले भात पकाएको रामपुर नुहाएको रामघाट जस्ता थुप्रै यस्ता सम्पदा छन् जसले सवैलाई एकतामा बाधेर राखेको छ भने कला सस्कृति र परम्परा धान्नलाई सहयागो पुगेको छ । फाल्गुण २७ यस वर्षको सष्टि सन्चालक शिवको पुजा आरधाना गर्ने दिन हिन्दु धर्मालम्बीहरुको आरध्य देवको पुजा गर्ने दिन । यस अवसरमा गण्डकी बेशी क्षेत्रमा रहेका दुई र्दजन बढि साना ठूला मठ मन्दिरमा पुजा आरधना हुदै छ ।

यस मध्ये एक हो रामपुर नगरपालिका ८ भुजातमा स्थीत सिद्धवाबा धाम जसको महत्व अपार रहेको छ । यो धाम आफैमा धार्मिक र्पयटनको हिसावले आन्तरीक पर्यटनको गन्तव्य वनेको छ । हिन्दु धर्मालम्बीरुको आरध्यदेवको पुजा गरीने त्यसमा पनि शालिगग्राम पाईने एक माात्र नदि कृष्ण गण्डकी र कीनारमा रहेको मन्दिरले त्यहाँको मनोरम र प्राकृतिलाई मनमोहक बनाएको छ । मन्दिरको काखमा कलकल बग्ने कालिगण्डकी विचमा हरीयो गौ चरण परि पट्टी डाडा पाखा अत्यन्त मनमोहक रहेको यस क्षेत्रको उत्पत्तिको आफ्नै विषेशता रहेको छ । सिद्धवाबामा रहेको शिवजीको स्वरुपलाई पाश्पत क्षेत्रको रुपमा मानिन्छ । यस मन्दिरमा रहेको गुफा प्राचीन भए पनि प्रचार प्रसारको अभावमा चिनाउन सकिएको छैन ।

यस गुफाको पत्ता लाग्नुमा आफ्नै इतिहास बोकेको छ । २०५१ सालमा पत्ता लागेको यस गुफा पहिला दिनेश अधिकारीले आफ्नो खेतमा पनि लगाउन आउने क्रममा सुनको मैलो जस्तो सुसाउदै झरे सगँै के रहेर भन्ने जिज्ञासा जग्यो भने उहाँलाई सपनामा पनि त्यहि खालको देखियो र म सिद्धबाबा हुँ म यसरी यहाँ वसेको छु मलाई हेरचाह गरि भने गरेकेोे र उहाँ यो सवै बृतान्न गाउँमा सुनाउनु भयो त्यस पछि गाउँका टाठा बाठा मीलेर वनमारको झाडी फाल्दै गुफा भित्र प्रवेश गर्नुभयो र हेर्दा भगबान भेटियो भन्ने किम्वदन्ती रही आएको छ ।
त्यस पछि स्थानिय वासिले त्यस गुफाको सम्रक्षण सम्बर्धन र प्रचार प्रसार गर्दै आएको सिद्धवाबाधाम व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन अधिकारि वताउनु हुन्छ । यस ठाउँमा प्रत्येक दिन पुजा आजा हुने गरेको छ भने सोमबार दुध चढाउन साथै शिवको र्दशन गर्न टाढा टाढा बाट पनि भक्तजनको लर्काे लाग्ने र्गदछ । यहाँ पाल्पाका विभिन्न ठाउँबाट साथै स्याङ्जा,तनहूँ, नवलपरासि र्पवत बाट समेत भक्तजनको घुईचो लाग्ने गर्दछ । भक्तहरुका लागि यो मन्दिर आस्थाको केन्द्रहो यहाँ आएर र्दशन गरिसकेपछि मागेको कुरा पुग्ने बिश्वास रही आएको छ । कालिगण्डकीको तटमा अवस्थीत यो मन्दिरमा आउने भक्तहरु पहिला गण्डकीमा स्नान गर्छन् र भगबानको दर्शन गर्ने गर्दछन् ।
यस तिर्थ स्तलमा पुग्न सिद्धार्थ राजमार्गको आर्य भन्ज्याङ्ग देखि ताहुँ खालिवन हुदै राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करीडोर भुजात खण्डबाट केहि तल झरेपछि यो पवित्र स्थान आउछ । यहाँ विभिन्न समयमा मेला लाग्ने र्गदछ । अहिले शिवरात्रीका बेला ठूलो मेला लाग्दछ । यहाँ अहिले आर्कषणको रुपमा १हजार ५ सय शिव लिङ्ग रहेको छ । रमाईलो बातावरण शान्त र मनोरम बातावरण रहेको यो स्थानको प्रचार प्रसार गरि धार्मीक पर्यटनको रुपमा विकास र्गन जरुरि रहेको छ । जसको निम्ति संघ प्रदेश र स्थानिय सरकारको अहम भुमिका रहने स्थानिय बासि वताउछन् ।