
पाल्पा, आज फागुन कृष्ण चतुर्दशी, अर्थात महाशिवरात्री । आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । भगवान शिवलाई आरध्यदेवको रुपमा मान्दै आएका वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।शिवजी उत्पत्ति भएको रातका नाम बाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
सृष्टि सगँ जोडिएको शिव फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई स्वर्ग जान पाईने साथै कैलाशमा सिदै जान पाईने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यता गण्डकी बेशी क्षेत्रका विभिन्न शिवालयहरुमा आज विहानै देखि भिडभाड हुने गर्दछ । रामपुर क्षेत्रमा आज विशेषगरी वडा न १० मा रहेको वालसिद्ध, वडा नं. ८ को सिद्धबाबा धाम भुजात, वडा नं. १ को टापुधाम क्षेत्र, वडा नं. ५ को बेझाँड शिवालय, वडा नं. ४ को भिमसेनटोल शिवालय, वडा नं. ५ कै बेझाँड शिवालय, भम्बकको उँकार मन्दिर, बरुणेश्व महादेवको मन्दिर, वडा नं. ६ को तालपोखरा, माझटोल शिवालय, वडा नं. ७ को शिवालय चोक लगाएतका विभिन्न स्थानमा भजन कृतन सहित पुजापाठ हुँदैछ । त्यस्तै पाल्पाको शिद्धबाबामा विशेष मेला लाग्ने गर्दछ । साथै दिन भर निरहार र्वत वसि रुद्री पाठ गर्ने र भगवान सिवलाई तिन पात भएका बेलपत्र धतुरो चढाउने गर्दछन् ।
शिबको अर्थ शून्य हो। जीवन शून्यबाट सुरु भएर शून्यमैं अन्त्य हुन्छ । शिब समानताका प्रतिक हुन, अर्धनारेश्वर स्वरुप यसको प्रमाण हो । एउटै मानिसमा महिला र पुरुष दुबै हुन्छ भन्ने कुरा उहाँले आफ्नो स्वरुप मार्फत दर्शाउनु भएको थियो। भन्दा पनि आफैसंग सम्बन्धित छ । भगवान शिवको रात्रीका रुपमा लिईएको शिवरात्री उजार महिना भए पनि हरियोले आँखा र मनलाई शान्ति दिन्छ र शिबको महिमा ध्यानसंग जोडिएको छ त्यसैले वेलपत्र धतुरो जस्ता हरिया वस्तुको प्रयोग गरिन्छ । ध्यान जसले मानिस भित्रको ब्रम्हाण्डलाई बुझ्न मद्दत गर्छ । मानिस ब्रम्हाण्डमा बस्ने प्राणी मात्र होइन स्वयंमा ब्रम्हाण्ड हो ।