नव जागृति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ स्टेशनरि सामग्री प्रदान

बन्दना पाेखरेल   १ चैत्र २०७७, आईतवार १७:३८

नव जागृति प्राथमिक विद्यालय रामपुरमा १० मा विद्यार्थीहरुलाइ स्टेशनरि सामग्री प्रदान  गरीएको छ । Xavier international college  काठमाडाैको ‘मिसन शिक्षा’ कार्यक्रम अन्तर्गत नव जागृति प्राथमिक विद्यालय ,रामपुर नगरपालिका – १० राहुडाडा, पाल्पामा  स्टेशनरि सामग्री  बितरण गरीएकाे हाे ।स्कार्इ समाज नेपालकाे संयाेजनमा विद्यालयका  ८५ जना विद्यार्थीहरुलाइ स्टेशनरि सामग्री प्रदान गरीएको हो ।

विद्यालयका शिक्षक टुना प्रसाद भट्टराइको स्वागतबाट सुरू भएको कार्यक्रममा रामपुर नगरपालिका वडा न १० का वडा सदस्य कृष्ण प्रसाद सारू प्रमुख अतिथि  रहनु भएको हो । वडा सदस्य सारूले बोल्दै बिद्यार्थी भोलीका भबिश्य भएकाले सवै मिलेर यीनीहरूको भबिश्य निर्माण गर्न सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा Xavier international college का  सहायक प्र अ दिपेन दाहाल, कार्यक्रम संयोजन गर्नुहुने Xavier international college का पुरुषाेत्तम खनाल र वि. ब्य. स. अध्यक्ष भुवन सिं सिंजाली  लगाएतले शुभकामना दिनु भएको छ।  प्रधानाध्यापक माधव प्रसाद घिमिरेले धन्यवाद दिनु भएको कार्यक्रमको अध्यक्षता स्काइ समाज नेपालका अध्यक्ष – बैकुण्ठ खनालले गर्नु भएको हो । कार्यक्रमको  संयोजन स्काइ समाज नेपालले गरेको हो । कार्यक्रमकाे सन्चालन शिक्षक ध्रुव भण्डारीले गर्नु भएकाे हाे ।