
चैत्र २ रामपुर पाल्पा
सुचिकृत मेलमिलापकर्ताहरुलाइ पुनताजगि तालिम आज बाट रामपुर मा सुरू भएको छ । स्वास्छ सुन्दर र समुन्नत शहर हाम्रो रामपुर नगर भन्ने मुलनाराका साथ रामपुर नगरपालिका स्थानीय न्यायिक समिति रामपुरको आयोजनामा तालीम सुरु भएको हो । आज देखि तिन दिन सम्म चल्ने यो तालिमको प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अतिथि नगर प्रमुख थापाले बोल्दै मेलमीलापकर्ता समाजको एक हिस्सा भएकाले समाजलाइ मिलायर लैजानु पर्ने ठाउँमा मेलमीलापकर्ता हुनुहुन्छ । सवैले आफ्नो पराई नभनी न्याय गरिदीन र न्याय पाइन्छ भन्ने सन्देश जाओस् र सव्य समाज विकासका लागि मेलमीलापकर्ताको ठूलो भुमिका हुने भएकाले राम्रो व्यावहार होस भन्ने शुभकामना दिनुभएको छ ।



न्यायिक समितिका सदस्य बिष्णु प्रसाद बस्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा वडा न २ का वडाध्यक्ष्य तारा बहादुर थापा , वडा न ५का वडाध्यक्ष हिमाल मल्ल,वडा न ८का अध्यक्ष बोम बहादुर नामजालि, कार्यपालिका सदस्य दुर्गा भण्डारी लगायतले तालिम सफलताको शुभकामना दिनु भएको छ । तालिममा प्रमुख प्रशासकिय अधिकृत हरीराम नागिला प्रमुख प्रशिक्षक रहनु भएको तालिममा प्रत्येक वडाका ३ जनाका दरले ३० जना मेलमिलापकर्ता सहभागि रहनु भएको छ । उद्घाटन सत्रको सन्चालन नगरपालिकाका कर्मचारि पुजा परियारले गर्नु भएको हो ।