रामपुर नगरपालिका भित्रका अव्यवस्थित घरघडेरीको पुन लगत संकलन गरिने

बन्दना पाेखरेल   २ चैत्र २०७७, सोमबार १९:२१

चैत्र २
रामपुर पाल्पा
रामपुर नगरपालिका भित्रका अव्यवस्थित घरघडेरीको पुन लगत संकलन गरिने भएको छ । साविक रामपुर गाविस हाल रामपुर नगरपालिका वडा नं. ५ , ६ र ७ को रामपुर जग्गा दर्ता समिति गठन आदेश २०७५ मा निवेदन दिईएका जग्गाहरुको पुन लगत संकलन गरिने भएको हो । वडा नं. ५ , ६ र ७ का जग्गा मध्ये जग्गा दर्ता समितिमा दर्ता भएका जग्गाधनीले नगरपालिकामा पुन फारम भरि आफ्नो जग्गा पुन दर्ता गर्नु पर्ने भएको हो ।

भुमीहीन दलित भुमिहिन सुकुम्वासि सहजीकरण समिति रामपुरको सोमबार बसेको बैठकले रामपुर नगरपालिकामा पनि लगत संकलन कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थानिय तहबाट लगत संकलन सम्बन्धि कार्यविधि २०७७ अनुसार रामपुर नगरपालिकाले वडा नं. ५ , ६ र ७ का जग्गा दर्ता समितिमा दर्ता भएका ७ सय ८३ वटा जग्गाको पुन लगत संकलन गरिने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

भुमीहीन दलित भुमिहिन सुकुम्वासि सहजीकरण समिति जिल्ला सदस्य दुर्गादेवि रानाको उपस्थितीमा बसेको बैठकले सवैलाई जग्गा दर्तागर्न सहयोग गर्न अनुरोध गर्दै विगतमा जग्गा दर्ता समितिमा दर्ता भए पनि जग्गाधनीहरुले नगरपालिकामा आई पुन फारम भर्नु पर्ने र जग्गा दर्ता गर्न अनुरोध गरेको छे । नगरपालिकाले चैत्र ३ गते देखि नै अव्यवस्थित जग्गाको लगत संकलन गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताउनुभयो । यही चैत्र ९ गते सम्म रामपुर नगरपालिकाको कार्यालयमा आई आफ्नो जग्गा दर्ता गर्न सकिने उहाँले बताउनुभयो । भुमि सम्बन्धि समस्या समाधान सहजिकरण समिती रामपुर पाल्पाका संयोजक रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकको संचालन प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले गर्नु भएको थियो । रामपुर नगरपालिकाको कार्यालय भवनमा बसेको बैठकमा विभिन्न राजनितिक दलका प्रतिनिधि , नागरिक समाज , सरोकारवाला र क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । नगरपालिका भरी २२सय सुकुम्वासि रहेपनि हाल जग्गा दर्ता समितिमा दर्ता भएका घडेरिमा प्रकृयामा रहेको छ ।