सगरमाथा इन्स्योरेन्सले गर्यो रामपुरमा कोरोना विमाको दाबी भुक्तानी

बन्दना पाेखरेल   ३ चैत्र २०७७, मंगलवार ११:५२

पाल्पा, सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाले कोरोना विमा वापतको दावी रकम भुक्तानी गरेको छ । कोभिड–१९ को जोखिमका विच सेवामा खटिएका स्वाथ्यकर्मी, कर्मचारी एवं सञ्चारकर्मीहरुलाई भुक्तानि गरेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाका अनुसार रामपुर नगरपालीकाले रामपुर शाखा मार्फत २ सय ३० जनाको कोरोना विमा गरिएकोमा १६ जनाको विमा दावी परेको थियो । पहिलो चरणमा ५ जनालाई भुक्तानी दिईएको हो ।


रामपुर नगरपालिका नगरपालिका भित्र काम गर्ने स्वाथ्यकर्मी, कर्मचारी एवं सञ्चारकर्मीहरुलाई नगरपालिकाले सगरमाथा इन्स्योरेन्समा विमा गरिदिएको थियो ।जस मध्ये कोरोना संक्रमित भई विमा दावी परेको ५ जना कर्मचारी र सञ्चारकर्मीहरुको रकम नगरपालिकामा हस्तान्तरण गरेको हो ।सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाका प्रमुख डोलराज श्रेष्ठले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई एक कार्यक्रम विच चेक हस्तान्तरण गर्नु भएको हो ।

विमा दावी बाट प्राप्त भएको प्रति व्यक्ति १ लाख रुपैयाँ बराबरको रकम सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी बुझाउने नगर प्रमुख थापाले बताउनुभयो ।