इस्लामीक सकृय युवा समाजको आयोजनामा इस्लामपुर कप सिजन ४ हुदैँ

बन्दना पाेखरेल   ४ चैत्र २०७७, बुधबार १४:४६

इस्लामीक सकृय युवा समाजको आयोजनामा इस्लामपुर कप सिजन ४ हुने भएको छ ।

आज पत्रकार भेटघाट गरि जानकारि गराईएको छ । पत्रकार भेटघाट कार्यक्रममा इस्लामीक धर्म अनुसार आफ्नै शैलिमा कुरानका केहि हरफ उपाध्यक्ष निसार अहमदले पढेर मात्र कार्यक्रमको सुरुबाद गरिएको थियो । यहि चैत्र १२ देखि इस्लामपुर कप सिजन ४ नक आउट टि २० सिस्टममा हुने भएको समाजका अध्यक्ष ल्याकत अलिले जानकारि गराउनु भएको छ ।

खेल क्षेत्रमा रामपुरको पहिचान, प्रबर्द्धन साथै खेलाडीहरुको उत्पादन भन्ने नारा सहित सुरु र्गन लागिएको यस खेलमा बाहिर जिल्ला बाट पनि सहभागी हुने जानकारी गराउदै खेलका माध्यमबाट समाज र आफ्नो क्षेत्रलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उद्धेश्य रहेको बताउनु भएको छ । इस्लामीक सकृय युवा समाजका अजिज आलमको स्वागतबाट सुरु भएको पत्रकार भेटघाटमा सूचना तथा प्रचार प्रासार संयोजक रहिम मियाले खेलका बारेमा जानकारी गराउदै प्रथम पुरस्कार नगद रु १ लाख, दोस्रो पुरस्कार नगद रु ५० हजार मेडल प्रमाणपत्र लगाएत रहेको जानकारि गराउनु भएको थियो । भेटघाट कार्यक्रमको सन्चालन अमिन सेखले गर्नु भएको हो ।