
बन डढेलो नियन्त्रण व्यबस्थापन सम्बन्धि अन्तरकृया गोष्ठी आज राम्चे सामुदायिक बनमा भएको छ । आयोजक सामुदायिक बन उपभोक्ता महासघ नेपाल रामपुर नगरपालिका महासङ्ग पाल्पाको आयोजनामा सामुदायीक बनको पदाधिकारी सदस्यहरु र सरोकारावालाहरुको उपस्थिति रहेको थियो

। महासङ्घ रामपुर सदस्य जुनु सेखको स्वागत बाट सुरु भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घ नेपाल केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भएको हो ।
प्रमुख अतिथि केन्द्रिय सदस्य श्रेष्ठले बोल्दै देशभरि २२ हजार सामुदायिक बन रहेको अवस्थामा वन डढेलो लागेमा निभाउने क्रममा कुनै अनहोनि भएमा वा दुर्घटना भएमा सदस्यहरुलाई बिमा गरिनु पर्ने माग सफल भएको बताउद,ै बनका कानुन बन ऐन २०७६ त्यती सहज नरहेको परिवेशमा बनका हामी महासंघको तर्फबाट स्थानीय तहको मातहतमा वन कार्यलय हुनु पर्ने माग रहेको बताउनु भयो।

सब डिभिजन बन कार्यालय रामपुरका प्रमुख सुजनराज भण्डारीले बोल्दै,अग्नि रेखा भन्ने बित्तिकै रुखनै काट्नु पर्छ भन्ने हाम्रो बुझाइ छ तर अग्नि रेखा बनाउनु पर्ने र रुख नकाटि बनाउन सक्छौ भनि जानकारी गराउदै, यस सम्वन्धी सचेतना मुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभएको छ । सामुदायिक बनको बिकासलाइ ध्यानमा राख्दै आबश्यक कामका लागि छुट्टाइएको रकम प्रयोग गर्न सक्छौ र आवश्यक सहयोग आफ्नो तर्फवाट सधै गर्ने बताउनु भएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक कुमार बहादुर थापा , बन महासङ्ग प्रदेशसदस्य बिन्दु श्रेष्ठ , पुर्णिमा झिरुछाप सामुदायिक बन का अध्यक्ष ज्ञान बहादुर सिंजाली ,रानिबन तथा बडवान सामुदायिक बनका अध्यक्ष प्रेम बहादुर पोखरेल ,राम्चे सामुदायिक बनका अध्यक्ष दयाराम गैर सामुदायिक बन महासघ रामपुरका सल्लाहकार सिता डोटेल, सन्चारकर्मि बन्दना पोखरेल लगाएतले आफ्ना भनाईहरु राख्नु भएको छ । धन्यवाद महासंघ सदस्य इश्वरि खनालले धन्यवाद दिनु भएको अन्तरकृयामा महासंघ रामपुर अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको हो भने, सन्चालन सचिव लक्ष्मि थापाले गर्नु भएको हो ।



