निस्दीले गर्यो सात वटै वडामा र्सावजनिक सुनुवाई

बन्दना पाेखरेल   ६ चैत्र २०७७, शुक्रबार ०७:२९

निस्दी गाउँपालिकाको सातबटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
विहिबार निस्दी गाउँपालिकाको ७ वटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । निस्दीमा बाकामलाङ , सहलकोट , झिरुवास , मित्याल , गल्धा , अर्चले र ज्यामीरे गरि ७ वटा वटामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सातै वडामा राजनितिक दल, स्थानीयबासी, सामजिक व्याक्तित्व, संघ सस्थाहरु र पत्रकारहरुको रोहवरमा संचालन भएको हो ।

पाल्पा, निस्दी गाउँपालिका १ नं. वडा कार्यालय पाल्पाले वडाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा भित्र भएका विकास निर्माणका योजना, गतिविधि तथा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी एवं परिस्कृत गरेर अघि बढाउन सार्वजनिक सनुवाई गरेको हो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिका बाट विनियोजित बजेट, सञ्चालन भएका कार्यक्रम, विद्युत विस्तार, योजना स्टिमेट र मुल्याङकनका विषयमा प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागीले उठाएको प्रश्न र जिज्ञाशा मेटाउँदै निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पूणर् बहादुर खाँणले वडाले वडा भित्रका सबै दल र संघसंस्थाहरुलाई समावेश गरेर अघि बढेको बताउनुभयो । उहाँले वडाले आवधिक योजना निर्माण गरेर सोही अनुसार अघि बढे पनि बजेट अभावमा कतिपय कार्यक्रम ओझेलमा परेको बताउनुभयो । उहाँले सिमित स्रोतका विच वडा अघि बढेको बताउँदै वडामा आएका गुनासो पालिकामा पनि राख्ने बताउनुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले पालिकाले सञ्चालन गरेका प्रश्नमाथि उठेको प्रश्नको जवाफ दिनु भएको थियो । निस्दी गाउँपालिकाका इन्जिनियर गणेश गौतमले योजना स्टमेट, मुल्याङकन माथि उठेको प्रश्नको जवाफ दिनु भएको थियो । निस्दी गाउँपालिका वडा नं. १ का वडा सचिव दिलिप कुमार भुजले आर्थिक वर्ष २०७७/०७८ मा वडामा सञ्चालन भएका योजनाको अवस्था, वडाको प्रशासनिक गतिविधि, घटना दर्ताको बारेमा जानकारी गराउनु भएको थियो।

निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालको सार्वजनिक सुनुवाइ गरेको छ ।

वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका कर्मचारी सहबिर खन्गाहाले आर्थिक वर्ष २०७७/०७८ को साउन १ गतेदेखि फागुन मसान्तसम्मको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा मित्यालमा पालिकाबाट ४१ वटा योजना विनियोजित भएकोमा १० वटा योजनाको काम सम्पन्न भएको बताउनुभयो । मित्यालमा ३० घर परिवारलाई खर रहित छाना मुक्तको लागि कर्कतपाता वितरण गरेको छ।

कार्यक्रममा सहभागीले शिक्षा , कृषि , बिजुली , मोटरबाटो , सहकारी , खानेपानी , बजार व्यवस्थापन जस्ता विषयमा जिज्ञासा राखेका थिए । वडा सदस्य मन प्रसाद सोतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेकपा एमालेका पार्टी प्रतिनिधि भुवन थापाले आफ्ना भनाइ राख्नुभएको थियो ।सहभागीले उठाएका जिज्ञासाको जवाफ वडाका जनप्रतिनिधि , निस्दी गाउँपालिका लेखा अधिकृत सरोज काफ्ले , सहकारी विभाग प्रमुख प्रमोद भट्टराई लगायतले दिनुभएको थियो ।

निस्दी गाउँपलिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा र्सावजनिक सुनुबाई सम्पन्न भएको छ । अर्चलेमा यस वर्ष संचालित कार्यक्रमहरुको जानकारी दिदै वडा सचिव सावित्रा गैरेले घटना दर्ता निर्धारित समय भित्र सम्पन्न गर्न सुझाव दिनुभएको थियो ।कार्यक्रममा सेवाग्राहीहरुले उठाएका महत्वपूणर् जिज्ञासाहरुको बारे सम्बन्धित निकायहरुले जवाफ दिएका थिए ।

निस्दी गाउँपालिका वडा न ७मा ज्यामिरेको सार्बजनिक सुनुवाइ कार्यक्रम भएको छ ।वडा अध्यक्ष गगन सिङ सोतीको अध्यक्षता भएको कार्यक्रम वडाका कर्मचारी नारायण तिमिल्सिना आर्थिक बर्ष २०७७/०७८ को प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे चालु आर्थिक बर्षा मा ज्यामिरेमा गाउपालिका बात ३० वटा योजना बिनियोजित भएको र २० वटा योजनाको काम सम्पन्न भएको बताउनु भयो ।
बाकिँ योजनाको काम भैरहेको बराउनु भयो ।

ज्यामिरेमा खर रहित छाना मुक्त गर्नकालागी कर्कत पाता विवरण गरिएको बताउनु भयो ।कार्यक्रम मा सहभागीले कृषि ,शिक्षा ,बिजुलि ,मोतर बाटो , खानेपानी , स्वस्थ्य लगायत बिसयमा जिज्ञासा राखेका थिए । वदा सचिब नारायण तिमिल्सिना को स्वागत मन्तव्य बात सुरु भए को कार्यक्रम ने क पा एमाले का प्रतिनिधि प्रितम आले ले आफ्न भनाइ राख्नु भएको थियोे ।सहभागी ले उठाएका जिज्ञासा को जवाफ वडा का जनप्रतिनिधि गगन सिङ सोति , वडाका सचिब नारायण तिमिल्सिना , कृषि का मिलन बराल लगायत ले दिनु भएको थियो।