
पाल्पाा रामपुर, ६ चैत्र २०७७, रोटरी क्लव बुटवलको १३५६ औं नियमित बैठक तथा रोटरी क्लव अफ रामपुरको बैठक रामपुरमा सम्पन्न भएकोछ । रोटरी क्लव बुटवलका अध्यक्ष रोटरीयन सुनिलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लवका नेपाल–भुटान डिट्रिक गर्भनर राजीव पोखरेलले रमाइलो भेटघाट र सेवा गर्ने भनेर खोलिएको संस्थाले अहिले नितान्त समाज सेवामा लागि परेको बताउनुभएको छ ।
उहाँले कार्यक्रममा नेपालमा १९५९ मा शुरु गर्दा ३० जनाबाट शुरु भएको रोटरी क्लव अहिले १ सय ४४ वटा क्लव भएकोमा जोड दिनुभयो । उहाँले क्लवको संजाल करिव २ सय बढि देशमा फैलिएको जानकारी दिनुभएको छ ।
कार्यक्रममा रामपुरका ७० सदस्यालाई सपथ तथा रोटरी क्लवका अध्यक्ष रोटरीयन राजुप्रसाद श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, रोटरीयन खिमानन्द भुषाल, रोटरीयन कृष्णप्रसाद अर्याल, रोटरी क्लव रामपुरका सचिव रोटरीयन सूर्यप्रसाद घिमिरे लगायतले रोटरीका सन्दर्भमा जानकारी सहितका भनाई राख्नुभएको थियो ।
होटल न्युश्रीनगरमा संचालन भएको कार्यक्रमको संचालन क्वल बुटवलका सचिव रोटरीयन रोम शर्माले गर्नुभएको हो । कार्यक्रममा सहभागी रोटरीक्लवका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । होटल न्यु श्रीनगरमा संचालन भएको कार्यक्रममा रोटरी क्लवका सदस्यका श्रीमान श्रीमती सहभागी हुनुभएको थियो ।