रामपुर भजन कृतन मण्डलिको चौथो बार्षीक उत्सव तथा तेस्रो अधिबेशन सम्पन्न

बन्दना पाेखरेल   ८ चैत्र २०७७, आईतवार ०६:२५

रामपुर भजन कृतन मण्डलिको चौथो बार्षीक उत्सव तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । पाल्पा रामपुर नगरपालिका वडा न ६ बुल्टारमा कार्यक्रम भएको हो । सस्थांका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रकामा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अतिथि नगर प्रमुख थापाले कार्यक्रम उद्घाटन सगँै राधा सरास्वतीको मन्दिरको सिलन्यास समेत गर्नु भएको छ । नगर प्रमुख थापाले बोल्दै सस्ंकार सस्कृती संरक्षणमा नगरपालीकाको ध्यान जाने छ भन्दै सक्दो सहयोग गर्ने बताउनु भएको छ । काला सस्कृति हाम्रो गहना हुन यीको संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको समेत उल्लेख गर्नु भएको छ ।

समिति सदस्य शिव कुमारि वाग्लेको स्वागत बाट सुरु भएको कार्यक्रममा सात जना जेष्ठ नागरिक लाइ सम्मान गरिएको छ । कार्यक्रममा वडाध्यक्ष हुमनाथ न्यौपाने रामपुर उद्योग बाणिज्य संघ भोजेन्द्र प्रकास ढकाल, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल, लोक दोहोरि प्रतिष्ठानका सस्थांपक दुर्गा रायमाझि, कृषी विकास वैँक लुम्विनि प्रदेशका निर्देशक जायश्वर पन्थि, नेकपा एमाले पार्टि प्रतिनिधि सागर प्रसाद देवकोटा , नेपालि कांग्रेश वडा सभापति कृष्ण प्रसाद अर्याल, जनमोर्चा पार्टि प्रतिनिधि रामप्रसाद गैरे, राप्रपा पार्टि प्रतिनिधि बृहश्पती अर्याल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रमको सन्चालन सचिव हरि आर्चायले गर्नु भएको हो । २०७१ सालमा स्थापना भएको यस सस्ंथाले स्थानिय भजन कृतन कला सस्कार सस्कृती जोगाउन लागि परेको वडा सचिव बासुदेव ढकालले बताउनु भएको छ ।