
पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा न १ हुगीँ बालमैत्री वडा घोषणा भएको छ । पाल्पा जिल्लाको दोस्रो वालमैत्री वडा घोषणा भएको छ । रम्भागाउँपालिको आफ्नै शान बालमैत्री स्थानिय सासन हाम्रो अभीयान भन्ने नाराका साथ बालमैत्री वडा कार्यक्रम घोषणा गरिएको हो । एक कार्यक्रमका विच बालमैत्री स्थानिय शासन घोषणा कार्यक्रममा पाल्पा क्षेत्र न १ का संघिय साम्सद दलबहादुर रानाले प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि संघिय सांसद रानाले वोल्दै वालबालिका भोलिका भबिश्य भएकाले आज देखि नै राम्रो मल जल गर्नु पर्ने बताउनु भयो । तपाईको मेहनेतको प्रतिफल स्वरुप कार्यक्रम घोषणा भएको छ र यसलाई सफल बनाउन सहयोग गर्नु भएका सवैलाई धन्यवाद समेत दिनु भएको छ ।
बाल मैत्री स्थानिय शासन २०६८ तथा कार्यान्वयन कार्यविधि २०६८ अनुसार रम्भा गाउँपालिका वडा न १ हुगीँले बालमैत्रि स्थानिय शासन सम्वन्धि तोकिएका सुचकहरु पुरा गरेकोले शुक्रबार वडालाई बालमैत्री स्थानिय शासन लागु भएको वडाका रुपमा घोषणा गरिएको हो । घोषणा कार्यक्रममा लुम्बिनि प्रदेशका प्रदेश सभा सदस्य नारायण आर्चाय, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे रम्भा गाउँपालिकाका प्रमुख विष्णु प्रसाद भण्डारि उपाध्यक्ष राधा श्रेष्ठले आफ्ना भनाई राख्नु भएको थियो ।

बाल अधिकार संरक्षणका लागि बाल मैत्री शासन राष्ट्रिय रणनिति तथा घोषणा कार्यविधि २०७० अनुसार रम्भा गाउँपालिका वडा घोषणा गरीएको वडाध्यक्ष कृण्ण प्रसाद रेग्मीले बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय सुचक ३९ वटा गाउँपालिकाले वनाएका २ सुचक समेत पुरा गरि सुचक पुरा भएको बताउनु भएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारिका अनुसार २०७४।०७५ को निति तथा कार्यक्रमबाट गाउँपालिकालार्ई बालमैत्री वडा बनाउने लक्ष्य लिएकोले यसका लागि काम गरिएको जानकारि गराउनु भएको छ । वडा स्तरीय सरोकार वडाहरुको भेला बाट बालमैत्री वडा तयारिका लागि विधिबद तयारि सुरु भएको थियो बाल मैत्री स्थानिय घोषणाका लागी विभिन्न सरोकार बालाको वैठक बसेको बालक्लव गठन वैठक सम्पन्न भएको छ । कार्यक्रममा हुगिँका सवै विद्यालयका विद्यार्थी शिक्षक स्वास्थ्य स्वास्थ्यकर्मी सरोकारबालाहरुको उपस्थीति रहको थियो ।