रामपुर नगरपालिका भित्र सन्चालित अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयकाे गाेष्ठी सम्पन्न

बन्दना पाेखरेल   ९ चैत्र २०७७, सोमबार ०५:५९

दानस मल्ल

रामपुर रामपुर नगरपालिका भित्र सन्चालित अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयका लागि प्रभावकारी शिक्षण सिकाई कार्यशाला सप्पन्न भएको छ।

गाङ्गा माध्यमिक बिधालय रामपुर ८ एक्लेटारमा भएको तालिम कार्यशालामा रामपुर नगरपालिकाका ३२ बिधालय का प्रधानाध्यापक र शिक्षक गरि ९२ जनाको सहभागिता रहेको थियो। गुणस्तरीय शिक्षाका लागि प्रभावकारी शिक्षण सिकाई क्रियाकलाप कसरी गर्न सकिन्छ भन्ने विषयमा सिकाई समूह काठमाडौं का सुदर्शन घिमिरे,नेपाल प्रहरी आवासिय मा बि काठमाडौ का भाइस पृन्सिपल एवम् गितकार हेमराज तिमिल्सिना र तिलिङ्गाटार नमुना मा बि काठमाडौ का प्रधानाध्यापक सरोज पाण्डेले सहजीकरण गर्नु भएको थियो।

भाषा आयोग का अध्यक्ष डाक्टर लव देव अवस्थी ले समेत भर्चुवलको माध्यम बाट सहजीकरण गर्नु भएको तालिम कार्यशाला चैत्र ७ र ८ गरि जम्मा दुई दिन चलेको थियो।तालिम कार्यशाला को समन्वय गङ्गा मा बि रामपुर ८ पाल्पा र फोरम फर क्वालिटी एजुकेशन रामपुर पाल्पा ले गरेको हो।