रामपुर नगरपालिकामा चौथो मेयरकप सुरु

बन्दना पाेखरेल   १० चैत्र २०७७, मंगलवार २३:१२

पाल्पा रामपुर नगरपालिकामा चौथो मेयरकप सुरु भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो ।

नगर खेलकुद विकास समितिको आयोजनामा मटेरी खेल मैदानमा मंगलबार देखी सुरु भएका मेयर कप चैत्र १४ सम्म हुने भएको छ । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका सहित सञ्चालन हुने मेयर कपमा यस वर्ष नगर भित्रका खेलाडीहरु विच ७ वटा विधामा प्रतिस्पर्धा हुन गएको हो । आज देखि सुरु भएको मेयरकप उद्घाटन समारोहमा नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको छ । प्रमुख अतिथि थापाले बोल्दै खेलाडीहरु खेलको मुख्य केन्द्र विन्दु भएकाले अनुशासनका विषयमा र खेलका विषयमा सिकाउनु नर्पला तर अनुशासीत भएर खेल्न आग्रह गर्दै उहाँले नगर पालिका अभिभावकको हिसावले चिन्तन गरिरहेको छ । खेल क्षेत्रको संर्वधन र प्रवर्धन गर्न आवश्यक रहेकाले साथै अन्तरनिहित प्रतिभालाई बाहीर ल्याउने अवसरको रुपमा लिन खेलाडिलाई आग्रह गर्दै खेल मैदान भित्र लडिने मैत्रिपुर्ण लडाई हो भन्दै खेलका माध्यमबाट शारिरीक तन्तुरिष्ट बनाउछ , अनुसासनको विकास गराउछ भने आफ्नै पहिचान दिन्छ भने समाजको पनि पहिचान दिन सक्छ त्यसैले उदेश्य लिएर अनुसासित भएर खेल्न आग्रह गर्नु भएको छ ।

खेल संयोजक किरण मल्लको स्वागतबाट सुरु भएको उद्घाटन सत्रमा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बोल्दै खेल वर्षमा एक पटक मात्र होईन सधै खेल्ने र प्रशिक्षणका माध्यमबाट अगाडि बढ्न जरुरि रहेको भन्दै स्वास्थ्य र अनुशासित बनाउनका साथै युवाहरुलाई एकताबद्ध बनाई भाईचाराको सम्बन्ध कायम खेलकुदको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले खेलकुदले युवाहरुलाई सृजनात्मक बनाई जीवनलाई सफल बनाउन पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नगर सल्लाहाकार देवराज ढकाल, नेकपा एमाले नगर ईन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपालि कांग्रेश नगर सचिव चिरिन्जिवि सिग्देल, वडाध्यक्ष हिमाल मल्ल लगाएतले आफ्ना भनाई राख्नु भएको छ । यस वर्ष वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, वडा स्तरिय पुरुष फुटबल, वडा स्तरिय पुरुष क्रिकेट, व्याटमिण्टन, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।

नगर खेलकुद विकास समिति अध्यक्ष शंकर बहादुर खाणँको अध्यक्षतामा भएको हो । मटेरी ठूलोटारमा हुने पुरुष तथा महिला भलिबलमा नगरका १० वटैले वडाले प्रतिस्पर्धा गर्दैछ । फुटबलमा ८ वटा वडाले प्रतिस्पर्धा गर्दैछ । रामतुलसी माविको खेल मैदान बेझाँडमा हुने क्रिकेट प्रतियोगितामा भने ६ वटा वडाले प्रतिस्पर्धा गर्दैछ ।

मेयर कपको उट्घाटन खेल फुटबलमा रामपुर नगरपालिका ३ र वडा नं. ९ विच भएको छ । समुह वि अन्तर्गको पहिलो चरणको खेलमा वडा नं. ३ ले वडा नं. ९ लाई २÷० गोलले पराजित गरेको छ । वडा नं. ३ ले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी २ गोल गरेको थियो । त्यस्तै फुटबल प्रतियोगिता अन्तर्गत समुह वि मा रहेको वडा नं. ६ र ७ विचको खेल पनि सम्पन्न भएको छ ।

खेलमा साविक विजेता वडा नं. ६ ले वडा नं. ७ लाई २÷१ गोलले पराजित गरेको हो । पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी वडा नं. ६ ले २ गोल गरेको थियो । वडा नं. ७ ले दोस्रो हाफको अन्त्यमा १ गोल गरेको थियो । समुह वि का विजेता वडा नं. ३ र वडा नं. ६ ले १२ गते फाईनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । मेयर कप अन्तर्गत भएको पुरुष भलिबल प्रतियोगितामा अन्तर्गत पहिलो चरणका २ खेल सम्पन्न भएको छ । समुह ए मा रहेका साविक विजेता वडा नं. १ र उपविजेता वडा नं. १० विच भएको खेलमा रामपुर १ले वडा नं. १० लाई २÷० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २६÷२४ र दोस्रो सेट २७÷२५ अंक सहित वडा नं. १ ले जित हात पारेको हो । त्यस्तै समुह वि को पहिलो चरणको खेलमा वडा नं. ६ लाई वडा नं. २ ले २÷१ सेटले पराजित गरेको छ । यस्तै क्रिकेट प्रतियोगितामा अन्तर्गत मंगलबार भएको समुह ए को वडा नं. ८ र वडा नं. ६ विचको खेलमा वडा नं. ८ ले १ सय २४ रनले पराजित गरेको छ । टस जिटेर व्याटिङ्ग रोजेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको वडा नं. ६, सातौं ओभरमा २५ रन बनाउँदै अलाउट भएको थियो । वडा नं. ८ ले सेमिफाईनलमा वडा नं. ७ संग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह वि अन्तर्गत वडा नं. ४ र वडा नं. ५ विच भएको खेल समय अभावका कारण रोकिएको छ ।

मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता बुधबार समापन हुनेछ । व्याटमिन्टन प्रतियोगिता, महिला भलिबल प्रतियोगिता पनि बुधबार बाट नै सुरु हुनेछ । बाजा गाजाका साथ र्माचपास बाट सुरु भएको थियो कार्यक्रममा सम्पुर्ण वडाका खेलाडि र खेल प्रेमीको उपस्थिति रहको थियो । वडाध्यक्षहरु संघ सस्थाका प्रतिनिधिहरु पत्रकारको उपस्थीति रहेको कार्यक्रमको सन्चालन सस्थाका सचिव राजु गुरुङले गर्नु भएको हो

You sent Today at 11:00 PM