कृष्ण माध्यमिक विद्यालय घिरिङ्ग १ पुट्टार तनहुँ ले वार्षिकोत्सब मनायाे

दानस मल्ल   १० चैत्र २०७७, मंगलवार २३:२०

४ चैत्र २०७७ पाल्पा कृष्ण माध्यमिक विधालय घिरिङ्ग १ पुट्टार तनहुँ ले आफ्नो ६९ औं वार्षिकोत्सब मनाएको छ। विधालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर शाही को अध्यक्षता मा भएको कार्यक्रम को मुख्य पाहुना गण्डकी प्रदेशका आर्थिक मामिला एवम योजना मन्त्री किरण गुरुङ्ग रहनु भएको हो।

विधालयका शिक्षक खिम कर्ण ढकालको स्वागत बाट सुरु भएको वार्षिकोत्सब कार्यक्रम को उद्घाटन गर्नु हुँदै मन्त्री गुरुङ्ग ले-“सामुदायिक विधालय को शैक्षिक अबस्था निजि विधालयको तुलनामा कमजोर देखिदै आएको छ।माद्यामिक तह सम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानिय तहको रहेको हुदा।सामुदायिक विधालयहरुको समस्या के हो त्यस्को बारेमा छलफल र अनुगमन गरि समस्या समाधान को योजना बनाइ प्रदेशमा आएमा प्रदेश सरकारको तर्फ बाट सहयोग गर्ने कुरा बताउनु भयो।” मन्त्री गुरुङ्गले-” नेपालकै ठुलो उपत्यका को रुपमा रहेको कालीगण्डकी उपत्यकाको बिकास समेत हुने गरि प्रदेशको गौरब को रुपमा देवघाट देखि म्याग्दी सम्मको शालिग्राम करिडोर निर्माण लाई अगाडी बताएको बताउनु हुँदै मन्त्री गुरुङले -“आफ्नै कार्यकालमा देबघाट देखि बैडी सम्म को मोटर बाटो पिच गर्ने गरि काम अगाडि बढाएको समेत बताउनु भयो।”

कार्यक्रममा बोल्नु हुँदै घिरिङ्ग गाउँ पालिकाका अध्यक्ष रन बहादुर रानाले शुभकामना ब्यक्त गर्नुहुदै-” घिरिङ्ग गाउँ पालिका का सबै माध्यमिक विधालयमा नेट जोड्ने गरि कार्यक्रम बनाएको बताउनु हुँदै यश विधालाय को कम्पाउण्ड निर्माणका लागि योजना बनाएर आएमा बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता गर्नु भयो।” कार्यक्रममा घिरिङ्ग गाउँ पालिकाका उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल,शिक्षा अधिकृत निर्मला कुवर,वडाध्यक्ष गङ्गा राम कुमाल,पुर्ब प्र अ हरु रबि चन्द्र घोरिसिनि , गोपाल प्र भन्डारी,कालीगण्डकी बहुप्राबिधिक शिक्षालयका प्रमुख गोबिन्द प्र पौडेल,चन्द्र ज्योती मा बि अध्यक्ष सेर बहादुर थापा,पत्रकार दानस मल्ल,बिधार्थिहरु अङ्किता सिग्देल,सचेत ढकाल लागयतले बोल्नु हुँदै विधालयको उन्न्नती प्रगती को शुभकामना दिनु भएको थियो।

कार्यक्रममा विधालयका प्रधानाध्यापक ध्रुब राज सिग्देल ले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै १ करोड ७०लाख३५हजार०२८ बराबरो आम्दानी खर्छ सुनाउनु भएको थियो।२५३छात्रा र२४८छात्र गरि जम्मा ५०१ जना विधार्थी अध्यनरत विधालयको वार्षिकोत्सब को अबसरमा पुर्ब प्रधानाध्यापक रबि चन्द्र घोरासिनिलाई सम्मान गरेको थियो। बिद्यार्थी हरुको रमाइलो सास्कृतिक कार्यक्रम र सामुहिक ब्यायाम समेत प्रदर्शन भएको कार्यक्रम को सन्चालन शिक्षक शिव भक्त सिग्देलले गर्नु भएको हो।