
पाल्पा १३ चैत्र २०७७, रामपुर नगरपालिका वडा नं. ७ को श्री विजय प्राथमिक विद्यालयको प्राङ्गणमा आज निःशूल्क दन्त परिक्षण तथा स्वास्थ्य र शैक्षिक सामाग्री वितरण कार्यक्रम हुने भएको छ ।
दात सम्बन्धि समास्य भएका मानिसहरुलाई दात सम्बन्धि समस्या नहोस भन्ने हेतुले यो स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रको आयोजना गरेको होराईजन दन्त क्लिनीका प्रमुख डा. शंकर श्रेष्ठले बताउनु भयो ।
लायोन्स क्लव अफ रामपुर, रामपुर युवा क्लब, फिड द हंग्री नेपाल, ट्रभल डेन्टिस्टरी नेपालको सहयोग तथा होराईजन दन्त क्लिनी रामपुर पाल्पाको संयोजनमा हुन लागेको हो ।
निःशुल्क दन्त परिक्षण तथा स्वास्थ्य र शैक्षिक सामग्री वितरण कार्यक्रममा शैक्षिक, स्वास्थ्य सामाग्री वितरण हुने पनि बताइएको छ । साथै उक्त कार्यक्रममा सबैलाई सहभागि हुन अनुरोध पनि गरिएको छ ।