
पाल्पा, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाले राधादामोदर आरोग्य आश्रम चापाकोट नगरपालिका ६ केलादीमा निःशुल्क आँखा शिविर तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४३ औं नेत्र ज्योति दिवसको अवसरमा नेपाल रेडक्रस सोसायटी उपशाखा रामपुरको सहयोगमा कार्यक्रम गरेको हो ।
शिविरको उट्घाटन गर्दै नेपाल नेत्र ज्योति संघ पाल्पाका सदस्य एवं कालीगण्डकी आँखा उपचार केन्द्रका सल्लाहाकार भोजेन्द्र प्रकाश ढकालले सुन्दर संसारलाई नियाल्ने चाहाना बाट कोही बञ्चित नहोस् भन्ने ध्येयका साथ नेत्र ज्योति संघले कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले वृद्ध अवस्थामा आँखामा समस्या हुन सक्ने भएकाले जेष्ठ नागरिकहरुको सम्मानको लागि केलादी मै कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै ढकालले परिक्षणका क्रममा मोतियाविन्दु देखिएका विरामीहरुको निःशुल्क अप्रेशन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसायटी पाल्पाका सदस्य कमलराज भट्टराई, नेपाल रेडक्रस सोसायटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराई, राधा दामोदर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटी र पत्रकार इमान सिं रानाले कालीगण्डकी आँखा उपचार केन्द्रले ग्रामीण क्षेत्रमा पुगेर दिएको सेवा आफैमा सह्रानिय रहेको बताउनुभयो । कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरका अध्यक्ष हुतराज पोखरेलले नियमित रुपमा आँखाको परिक्षण गराउन आग्रह गर्नुभयो । उहाँले आँखाको अप्रेसन बाट डराउने विरामीलाई परामर्श दिनु भएको थियो ।कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष पोखरेलको अध्यक्षतमा भएको कार्यक्रम सञ्चालक समिति सदस्य सुकदेव पोखरेलको स्वागत र सचिव रुपनाथ गौतमको सञ्चालनमा भएको हो ।
शिविरमा आश्राममा रहेका ४० जनाको आँखा परिक्षण गरिएको थियो । जस मध्ये ११ जनामा मोतियाविन्दुको समस्या देखिएको र २५ जनाले चस्मा लगाउनु आवश्यक रहेको कालीगण्डकी आँखा उपचार केन्द्रका नेत्र सहायक अजय पालले जानकारी दिनुभयो । उनीहरुको आगामी चैत २८ गते अप्रेशन हुनेछ ।कार्यक्रममा कालीगण्डकी आँखा उपचार केन्द्रका सञ्चालक समिति सदस्य, संस्थापक, अक्षयकोष दाता, रेडक्रसका पदाधिकारी र लायन्स क्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।