लुम्बिनी प्रदेश साम्सद खनालद्धारा याेजना अनुगमन

बाेली खबर   १४ चैत्र २०७७, शनिबार ०८:३२

पाल्पा, रामपुर नगरपालिका १ मा संचालित अलैचे बडहरे सिंचाई योजनाको पक्की कुलो निर्माणको लुम्बिनी प्रदेश साम्सद युबराज खनालले अनुगम गर्नु भएको छ । यो पक्कि कुलो निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मार्फत सिंचाई डिभिजन कार्यालय बाट सञ्चालित आयोजनाको पक्की कुलो निर्माण अन्तिम चरणमा पुगेको हो ।आर्थिक वर्ष २०७६/०७७ मा कुल लम्बाईको ५ किलो मिटर मध्ये बाँध सहित २ हजार २ सय ५० मिटर पक्की कुलो निर्माणको लागि काम सुरु भएको थियो ।

कोभिडको कारण प्रभावित बनेको योजना अन्तत अन्तिम चरणमा पुगेको हो । रामपुर १ र निस्दी २ को सिमाना बडहरे खोला छम्केमा सिंचाई गर्न २०२२ सालमा निर्माण गरिएको कुलो निर्माण गरिएको थियो । सिंचाई कुलो जसोतसो सञ्चालनमा आएपनि स्थानीयहरुले हिउँदमा पानी कुलो मै सोसाउने समस्या भोग्दै आएका थिए । त्यस्तै २०४५ सालमा निस्दी २ को अलैचे खोलाको पानी पनि थप गर्ने गरी कुलो निर्माण गरे पनि सञ्चालन हुन सकेको थिएन ।५ किलो मिटर मध्ये बाँध सहित २ हजार २ सय ५० मिटर पक्की कुलो निर्माणको लागि १ करोड ४७ लाख ३३ हजार ७ सयमा ठेक्का खालेको थियो । ब्रदर्श कन्स्ट्रक्सन एण्ड कन्ट्रयाक्टिङले १ करोड १६ लाखमा निर्माणको जिम्मा पाएको थियो । निर्माण कार्य अन्तिममा पुगे संगै कृषकहरु उत्सहित बनेका छन् ।

निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको आयोजनाको शुक्रबार लुम्बिनी प्रदेशका साँसद युवराज खनालले अनुगमन गर्नु भएको छ । वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, सिंचाई डिभिजन कार्यालय पाल्पाका प्राविधिक, उपभोक्ता समिति अध्यक्ष पूर्ण बहादुर अर्दली, सचिव शेर बहादुर नेपाली सहितका पदाधिकारीहरुले कुलोको बाँध बडहरेखोला पुगेर आयोजनाको अनुगमन गरेको हो । अलैचे देखि बडहरे खोला सम्मको १ हजार ३ सय मिटर लामो कुलो निर्माण सम्पन्न कुलो र बढहरे देखि छम्के कोषबहान सम्म ९ सय ५० मिटर नयाँ कुलो र बाँध स्थलको निरिक्षण गर्नु भएको हो ।अनुगमन पश्चात बाँधस्थलको तटबन्ध संगै निर्माण हुन बाँकी रहेको २ हजार ५ सय मिटर कुलो र शाखा कुलो निर्माणको लागि प्रदेशमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर अर्दलीका अनुसार बाँधको केही काममा बाँकी रहेको र अन्य काम सम्पन्न भएको जानकारी दिनुभयो । कुलो स्तर उन्नती संगै छम्के, कोषबाहान, अधमारा, बिरुवा, बाँझोबारी, रुखेनी क्षेत्रका २६ हेक्टर क्षेत्र सिंचाईका लागि सहज हुने रामपुर नगरपालिका १ का वडा अध्यक्ष मित्रलाल कंडेलले जानकारी दिनुभयो ।

स्थानिय शिक्षक सन्तोष अधिकारीले पक्की कुलो संगै पानी सोसेर जाने समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो । त्यस्तै सांसद खनालले छम्केमा निर्माणाधीन सामुदायिक भवनको निरिक्षण गर्नु भएको छ । प्रदेश नं. ५ को १० लाख र रामपुर नगरपालिका वडा नं. १ को २ लाखमा अघि बढेको निर्माणाधिन भवनको सांसद खनाल संगै रामपुर १ क वडा अध्यक्ष मित्रलाल कंडेल, रामपुर नगरपालिकका प्राविधिक शंकर कंडेल, सञ्जय श्रेष्ठले निरिक्षण गर्नु भएको हो ।