रामपुर बचत तथा ऋण सहकारीको अन्तक्रिया सम्पन्न

बन्दना पाेखरेल   १४ चैत्र २०७७, शनिबार १३:३१

१४ चैत्र २०७७,  सस्थांको पहिलो रोजाई व्यावसायीक सवल एव उत्कृष्ण साकोस भन्ने नारा सहित रामपुर बचत तथा ऋण सहकारी संस्था लि.को भाखा नाघेको ऋण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पाल्पा रामपुर नगरपालिका वडा न ५ मा अबस्थित सहकारीले आफ्नो क्षमता बृद्धिका कारण सहकारीका सन्चालक समितिका पदाधिकारीहरु, कर्मचारी सेयर सदस्यहरुलाई पोखरामा तालिम दिईएको छ ।
छलफलमा सहभागि हुदै सहभागिहरुले दायित्व भुमिका जिम्मेवारी र उत्तरदायीत्वका विषयमा बोल्नु भएको थियो । अबस्था विष्लेषण विना ऋण लगानी गर्नु नै खराव ऋण हुने पहिलो चरण हो भन्नु हुदै सदस्य लक्षित सेवा तथा उत्पादनका क्रियाकलाप सन्चालन गर्नु पर्ने , सदस्यले दिएका सुझाबका आधारमा सस्थालाई सन्चालन गर्नू पर्ने सन्चालक समितिले अरु सगँ व्यवहार गर्नु भन्दा पहिला आफ्नो पदिय दायित्व र जाखिमको विश्लेषण गर्नु पर्छ ।


सदस्यहरुको सिर्जनशिलता र समृद्धि, सस्थागतं एवं वित्तिय क्षमता अभिबृद्धि गर्नका लागि संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा बचत तथा ऋणका विकासमा छलफल भएका छन् ।
संस्थाका उपाध्यक्ष नगिलाल पौड्यालको स्वागतबाट सुरु भएको छलफलमा भाखा नाघेको ऋण कम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष श्रेष्ठले बोल्दै संस्थालाई कसरी भाखा नाघेको ऋण घटाउन सकिन्छ भन्दै उहाँले भाखा नाघेको ऋण कसरी घटाउन सकिन्छ भन्ने बिषयमा बोल्नु भएको थियो । अन्तराष्ट्रिय रुपमा फैलिएको कोभिड १९ का कारण सवै संघ सस्थालाई असर त गरेकै छ पैसाको कारेवार गर्ने वैंक तथा वित्तिय सस्थालाई ठूलो असर पार्यो यसले सहकारी पनि अछुतो रहन सकेन भन्दै सवै मिलेर सस्थाको विकासको लागि अगाडि वढ्न आग्रह गर्नु भएको छ ।


त्यस्तै गरि संस्थाका व्यवस्थापक रामचन्द्र अधिकारिले भाखा नाघेको ऋण कम गर्न सकिने कस्ता अवस्था रहन सक्छ भन्ने बिषयमा जानकारि दिदै सेयर सदस्यको आम्दानी अनुसार मात्र ऋण लगानि गर्नु पर्ने हुन्छ भन्दै कतिपय अवस्थामा सेयर सदस्यले कतिपय अवस्थामा हेलच्याक्राई गर्ने गरेको अवस्थाले पनि रहेको छ । सहकारी ऐन नियम र विनियम अन्तरगत रहेको व्याख्याका कारण पनि ऋण भाखा नाघेको अबस्था पनि हो भन्दै ऋणको वर्गीकरण गरी लगानी गर्दा किस्ता बुझाउने समयको हेरफेर गर्न पर्ने जरुरी रहेको बताउनु भएको छ ।

वित्तिय विश्लेषणमा हालको अबस्थाका बारेमा वित्तिय प्रसासक गोविन्द पाठकले जानकारी गराउनु भएको छ । संस्थालाई भाखा नाघेको ऋण कम गर्नका लागि सहकारी शिक्षा प्रभाबकारी गराउनु पर्ने, अनुगमन गर्नु पर्ने, भौतिक स्रोत साधनमा भन्दा आम्दानी मुलुक काममा अर्थात औद्योगिक क्षेत्रमा लगानी गर्नु पर्ने जस्ता विषय उठेका छन् ।

हाल संस्थाको सेयर सदस्य ४३४८ रहेछ छ । छलफल कार्यक्रमको सन्चालन सस्थांका सचिव लेखनाथ शर्मा मरासिनीले गर्नु भएको थियो । छलफल कार्यक्रम पोखराको होटल लेक प्यालेसमा भएको हो ।