रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा निःशुल्क दन्त परिक्षण तथा सचेतना शिविर सुरु

बाेली खवर   १७ चैत्र २०७७, मंगलवार १७:२७

पाल्पा रामपुर

रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर पाल्पामा २ दिने निःशुल्क दन्त परिक्षण तथा सचेतना शिविर सुरु भएको छ । दन्त स्वास्थ्यका बारेमा जानकारी दिनका लागि ट्राभल डेन्टिस्ट्री नेपाल र होराईजोन डेण्टल क्लिनिकको संयुक्त आयोजनामा र विद्यालयको व्यवस्थापन सहयाेगमा भएको हो ।

विद्यालयका प्रिन्सिपल अनन्द भण्डारीको स्वागत बाट सुरु भएको शिविरमा रामपुर अंग्रेजी आवासिय स्कुलका व्यवस्थापन समिति अध्यक्ष विष्णु रेग्मी र प्रवन्ध निर्देशक सुर्य प्रसाद घिमिरेको दाँत परिक्षण गरी शिविरकाे सुरूवाद गरीएकाे हाे । रामपुर आवासिय विद्यालयमा आएका दन्त चिकित्सक एवं ट्राभल डेन्टिस्ट्री नेपालका टोलीलाई व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले समुदायमा हुने यस्ता शिविरहरुले सचेतना जनाउने मात्र नभई विद्यार्थीहरुमा सामाजिक भावनाको विकास गर्ने बताउनुभयो । कार्यक्रममा ट्राभल डेन्टिस्ट्री नेपालका अध्यक्ष एवं दन्त चिकित्सक डाक्टर शंकर श्रेष्ठले दाँतको महत्वको बारेमा जानकारी दिदै समयमै उपचार गर्न सकेमा भविष्यमा सहज हुने बताउनुभयो ।

शिविर व्यवस्थापनका संयोजक शिक्षक खुम सारुका अनुसार विद्यालयमा अध्ययनरत ९ सय ६७ विद्यार्थी र शिक्षकहरुको दाँतको परिक्षण हुनेछ । बुधबार सम्म सञ्चालन हुने शिविरमा डक्टर शंकर श्रेष्ठ सहित ट्राभल डेन्टिस्ट्री नेपालका १४ जना चिकित्सकहरुले परिक्षण गरिरहनु भएको छ । कार्यक्रमकाे सन्चालन शिक्षक शालिकराम थापाले गर्नु भएको हो ।

विद्यार्थी र शिक्षकहरुको दाँतको परिक्षण हुनेछ । बुधबार सम्म सञ्चालन हुने शिविरमा डक्टर शंकर श्रेष्ठ सहित ट्राभल डेन्टिस्ट्री नेपालका १४ जना चिकित्सकहरुले परिक्षण गरिरहनु भएको छ ।