
पाल्पा, निस्दी गाउँपालिका वडा नं. २ सहलकोट सुकेकोटको सामुदायिक वन क्षेत्रमा भिषण आगलागी भएको छ । मसार डाँडा सामुदायिक वन क्षेत्रमा आगो फैलिएको छ वनमा के कति क्षति हुने हाे अहिले भन्न सकिदैन आगलागी भइरहेकाे छ । स्थानीय उमेश कुमार गाहाले जानकारी दिनुभयो । सुकेकोट गाउँ भन्दा तल्लो क्षेत्रमा रहेको वनमा लागेको आगो तिव्रगतिमा फैलिएको समेत बताउनु भयाे ।
आगो नियन्त्रणमा लिन नसकिए पनि जंगल विच रहेको पोखराबारी र गम्भारी क्षेत्रको दुई वटा घरलाई जोगाउने प्रयास भैरहेको स्थानीय भोक बहादुर रानाले बताउनुभयो । आगोले वन क्षेत्रका पैदावारहरु संगै बुटियानहरु जलेर नष्ट भएको छ । डढेलो बाट बचाउनका लागि वरपरका गाउँहरुमा सर्तकता अपनाईएको छ । आगो फैलिएर रातभरीमा वन सखाप हुने भएको छ ।
तस्विरः प्रेम बाकावलकाे फेसबुकबाट