
पाल्पा, रामपुर १९ चैत्र २०७७, काेभिड १९, पाेजेटिभ भएका एक व्यक्तिकाे मृत्यु भएकाे छ । बुधबार राती ६५ वर्षीय वृद्दकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्याैपानेले बताए ।
तानसेन नगरपालिका- ८ पिपलडाँडा घरमै बसिरहेकाे अवस्थामा उनकाे मृत्यु भएकाे हाे । उनलाइ किड्नीमा समस्या रहेकाे बताइएकाे छ । याे सँगै पाल्पामा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३७ पुगेकाे छ ।
यता काेराेनाकाे दाेस्राे संक्रमण फैलिन थालेकाे स्वास्थ्य मन्त्रालयले बताइरहँदा पाल्पामा भने स्वास्थ्य सतर्कता अपनाउन छाडिएकाे भेटिएकाे छ । जिल्लामा मास्क प्रयाेगकर्ताहरू घटेका छन् । पाल्पा जिल्ला सदरमुकाम तानसेन सहित अन्य स्थानिय तहमा समेत विभिन्न कार्यक्रम, गाेष्ठी, सेमिनार तथा मनाेरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । मानिसहरू सामाजिक दूरीकाे बेवास्ता गरिरहेका छन् ।
पाल्पा जिल्लामा काेराेना सङक्रमण बढ्न नदिन सराेकारवालाहरूकाे ध्यान पुगेकाे देखिँदैन । प्रशासनले भने सामाजिक दूरीकाे ख्याल गर्न र अनिवार्य मास्क लगाउन अनुराेध गरेकाे छ ।