
पाल्पा, रामपुर २० चैत्र २०७७, “सदस्यहरुको पहिलो रोजाइ, व्यबसायिक, सबल एब उत्कृष्ट साकोस” भन्ने नारा सहित रामपुर बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
आज परेको ६४ औ राष्ट्रिय सहकारी दिबस आफ्नै कार्यालयमा मनाएको हो । मर्यादित ब्यवसाय र प्राविधिमा सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौडेल को स्वागत बाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्षले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्नु भएको सहकार्य, सहमति र सद्भावका साथ राष्ट्रिय सहकारी दिवस मनाऔ भन्ने राष्ट्रिय थिमका साथ साना कृषक, मजदुर, तथा न्युन आर्थिक अबस्थामा रहेका व्यक्तिहरुलार्इ आर्थिक रुपमा अगाडि बढाउन र कारोबार गर्नका लागि खोलिएको हो । सहकारी आज भन्दा ६४ बर्ष पहिला चितवनको बखान सहकारी बाट नेपालमा सहकारी सुरु भएको इतिहास कोट्टाउदै सहकारी बिच समन्वय र समुदाय प्रति चासो राख्दै सामाजिक काम पनि सहयोग गर्न जरुरी रहेको छ र गर्दै आइरहेको छ ।
सहकारी २९८८६ राष्ट्र भरिमा रहेका छन भन्दै सहकारी संघ प्रदेश र स्थानीय तहमा रहेको जानकारी गराउदै उहाँले सहकारी रामपुरमा २८ सहकारी रहेका छन भने ३ सहकारी प्रदेश सरकार अन्तर्गत रहेका छन । चियापान तथा भेटघाट कार्यक्रममा संचालक समिति सदस्य पबित्रा पौडेल लेखा समिति सम्योजक ज्ञानेन्द्र प्रसाद गैरे, कोषाध्यक्ष भोजराज भट्टराई लगायतले आफ्ना भनाइ राख्नु भएको थिये ।