अन्धकार मुक्ति बचत तथा ऋण सहकारी साकाेसमा राष्ट्रिय सहकारी दिवस मनायाे

बन्दना पाेखरेल   २० चैत्र २०७७, शुक्रबार १९:४१

बन्दना पोखरेल
६४ औँ राष्ट्रिय सहकारि दिवस तथा सहकारि एकिकरण अन्तरकृया कार्यक्रमा आज अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा सम्पन्न भएको छ । मर्यादित व्यावसायिक र प्रविधिमा सहकारी भन्ने नारा सहति अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थां र सहयोगि बचत तथा ऋण सहकारी विच एकीकरण अन्तरकृया सम्पन्न भएको हो ।

सहयोगी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भोजेन्द्र प्रकास ढकालको स्वागत तथा कार्यक्रम उद्धेश्य माथी प्रकास पारी सुरु भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि पुर्व अध्यक्ष एव रामपुर नपा वडा न ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनि रहनु भएको हो । प्रमुख अतिथि वडाध्यक्ष पंगेनिले बोल्दै पाल्पामा उत्कृष्ट साकोसको रुपमा रहेको सहकारि अझ सेवा विस्तार गर्दै गाउँ र कुना काप्चामा र्पुयाउनु पर्ने भन्दै उहाँले सरकारले अहिले सहकारिलाई ५०० मा र्झाने लक्ष्य लिएको छ भन्ने कुरा लाई जोड दिदै उहाँले अन्धकार साकोस र सहयोगी साकोस विच एकिकरण हुनु अत्यन्त राम्रो भएको बताउनु भएको छ ।


अन्तरकृया कार्यक्रमामा सस्थाका सल्लाहाकार नेत्र प्रसाद भट्टराइृ, सुकदेव पोखरेल, मोहन भट्टराई लेखा संयोजक विष्णु लम्साल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । परिचय सगँै सहकारी दिवसको शुभकामना दिदै अन्तरकृयात्मक रुपमा भएको कार्यक्रममा अन्धकार साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता भएको हो भने धन्यबाद सस्थाका उपाध्यक्ष खगेन्द्र न्यौपाने दिनु भएको थियो । अन्तरकृयाको सन्चालन सस्थाका सचिव ओम प्रकास वस्यालले गर्नु भएको हो ।
दुई वटै सस्थाका सेयर सदस्य सन्चालक समिति बचत कर्ताको उपस्थितिमा भएको कार्यक्रमामा दुई सस्थाको कारोवार १ अरव १४ करोड बराबरको रहेको बताईएको छ ।