
बन्दना पाेखरेल । चैतेधान पकेट क्षेत्र सम्वन्धी एक दिने अन्तक्रिया तथा रोपाइ शुभारम्भ कार्यक्रम भएको छ । चैते धानको पकेट क्षेत्र रामपुर नगरपालिकाको वडा नम्वर ४ को तल्लो वडबान मा आज धान रोपाइ शुभारम्भ भएको हो । तल्लो बडबान कृषक समुह रामपुर नगरपालिका वडा नम्वर ४ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको आथिक सहयोगमा कार्यक्रम भएको हो ।
समुहका सचिव पविसरा पचभैयाको स्वागत बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालीकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्य रहनु भएको हो । उप प्रमुख घिमिरेले बोल्दै पछिल्लो समयमा चैते धान लगाउने कृषक कम हुदै गएको बेलामा रामपुर ४ वडाबानका कृषकहरुले निरन्त्रता दिएर खेति गदै आएको बताउनु भएको छ । उँहाले विगतका वर्ष देखि चैते धान पकेट क्षेत्र भनेर तल्लो बडवानमा कार्यक्रम संचालन हुदै आएको भन्दै कृषी र कृषकलाई नगरपालिकाले सहयोग गरीरहेको छ भने गर्ने समेत बताउनु भएको छ । पकेट क्षेत्र अन्तरगत रहेर यस वर्ष ३ सय २ रोपनी क्षेत्रफलमा धान रोपाइ गर्ने कार्यक्रम भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले कृषकहरुको उत्साहा देख्दा खुशि लागेको भन्दै अव चैते धान खेतिमा निरन्तरता दिएको मा खुशि व्याक्त गर्नु भएको छ ।
कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली लगाएतले आफ्ना भनाइ राख्नु भएको हो । ३० जना कृषकहरु पकेट समुहमा बसेर काम गरिरहेका छन् । कार्यक्रममा अतिथि समेत सहभागि सामुहिक चैतेधान रोपाइ कार्यक्रममा र संचालन समुहका पुर्व अध्यक्ष बलबहादुर पोखरेलले गर्नु भएको हो । कार्यक्रम समुहका अध्यक्ष ओम बहादुर श्रेष्ठको अध्यक्षतामा भएकाे हाे । यस क्षेत्रमा गत बर्ष प्रधानमन्त्रि कृषी अाधनिकीकरणा परीयाेजना अन्तरगत कार्यक्रम सुरू भएकाे हाे भने यस वर्ष नगरपालिकाले निरन्तरता दिएकाे छ ।






