
पाल्पा रामपुर २१ चैत्र २०७७, मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत तिन महिने निःशुल्क सिलाइ कटाइ तालीम सुरु भएको छ । वडा न ५ का वडा कमिटी सदस्य बिष्णु प्रसाद बस्याल को स्वागत बाट सुरु भएको सिलाइ कटाइ उद्धघाट कार्यक्रममा नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अथिति रहनु भएको हो ।
प्रमुख अथिति थापाले बोल्दै सीप लाइ व्यबहार मा उतार्न आग्रह गर्दै आर्थिक बिकासमा टेवा पुर्याउन अनुरोध गर्नु भएको छ । परिवारमा केहि आर्थिक सहयोग गर्न सुरु गरे सगै सामाजिक तथा पारिवारिक रुपमा सम्मान बढ्दै जानेछ र महिला शसक्तिकरणमा टेवा पुग्ने भएको ले मन लगाएर सिक्न अनुरोध गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बोल्दै रामपुर नगरपालिकाद्धारा सन्चालन हुने गरि मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमका लागि आएको ७० लाख बजेट बिनियोजन भएको भन्दै त्यस बाट नगर पालिकामा हुने कार्यक्रमको विषयमा जानकारी दिनु हुदै उदेश्य अनुसार सबैले काम गर्न सुझाउनु भएको छ ।
कार्यक्रममा कार्यक्रम सिफारिस समिति सदस्य बन्दना पोखरेल प्रशिक्षार्थी सरिता रेग्मी लगायतले बोल्नु भएको थियो । वडा न ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षता मा भएको कार्यक्रमको सन्चालन निलकण्ठ भट्टराईले गर्नु भएको हो । सिलार्इ कटार्इ तालिम कालीगण्डकी मल्टिटेक्निकल इन्स्िटच्युट प्रालि सहजकर्ता को भुमिकामा रहेको छ भने रामपुर नगरपालिकाको आयोजनामा भएको हो । तिन महिना सम्म चल्ने तालिम असार २१ सम्म चल्ने छ ।