
ज्याग्दी सामुदायिक बनको उपभोक्ता भेला बसेको छ । भेलाले नयाँ समिति निर्माण गरेको छ । रामपुर नगरपालिका वडा न ६ मा रहेको ज्याग्दी सामुदायिक बनले समिति पुन गठन गरेको छ ।
वडा न ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले समिति निर्माणका लागि सहजिकरण गर्नु भएको हो । नब गठित बन को अध्यक्ष मा ओम प्रकाश बस्याल रहनु भएको छ । जसको उपाध्यक्षमा तिलक बहादुर भुजेल सचिबमा बिष्णु माया ढकाल , सह सचिबमा रामचन्द्र ढुंगाना र कोषाध्यक्ष ज्ञान प्रसाद ढकाल रहनु भएको छ । ज्याग्दी सामुदायिक बनको नब गठित समिति १५ सदस्यीय रहेको छ ।
भेलाको सन्चालन ओम प्रकाश बस्यालले गर्नु भएको हो । ज्याग्दी सामुदायिक बन २८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ८ हेक्टरमा पार्क निर्माण प्रक्रिया सुरु गरेको छ