तानसेनमा जीप दुर्घटना हुँदा दुई को मृत्यु

बाेली खबर   २४ चैत्र २०७७, मंगलवार १०:०१

पाल्पा, २४ चैत । पाल्पा, तानसेन नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका वडा नं ७ काजीपौस्थित कच्ची सडकमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन तर्फ आउँदै गरेको लु २ च ६३२ नंम्बरको कुखुरा बोक्ने पिक अप जीप राति १२:२० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीका अनुसार जिप सडकदेखि २० मिटर तल खस्दा जीपका सवारी चालक बगनासकाली गाउँपालिका वडा नं ४ बस्ने २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका वडा नं ४ बस्ने २७ वर्ष राज थापाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा घाईते भएका दुवै जनालाई उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।