कटुवाल खवरकाे नयाँ बर्षको शुभकामना सहित भित्ते पात्रो विमाचन

बन्दना पाेखरेल   १ बैशाख २०७८, बुधबार ०५:४३

सिताकुण्ड मिडिया प्रालि द्धारा सन्चालीत कटुवाल खवर डटकमले नयाँ बर्षको शुभकामना सहित भित्ते पात्रो विमाचन गरेको छ । भित्ते पात्रो विमोचनका प्रमुख व्याक्तित्व नगर प्रमुख रमण थापाले विगतलाई समिक्षा गरी अनुभवका आधारमा नयाँ योजनाहरुलाई अघि बढाउन आग्रह गर्नु भएको छ । सीताकुण्ड मिडिया प्रालिद्धारा संचालित कटुवाल खबर डटकमले नयाँ बर्ष २०७८ को पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै थापाले २०७७ सालले ठूलो पाठ सिकाएको बताउँदै कोरोना महामारीको विरुद्धमा लड्नु हाम्रो चुनौती कायम नै रहेको बताउनुभयो । उहाँले सवैमा सुस्वाथ्यको कामना गर्नु भएको छ । प्रमुख थापाले पत्रकारले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेका बताउँदै, त्यस पश्चात अन्य पूर्वाधार निर्माण प्राथामिकतामा रहेको बताउनुभयो । उहाँले भित्तेपात्रोको विमोचन गर्दै पत्रकारिताको लागि निष्पक्षता खाँचो रहेको बताउनुभयो ।

पछिल्लो समय पत्रकारितामा केही विकृतिहरु रहेको भन्दै त्यस भन्दा पर रहेर समाचार सम्प्रेसण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले निष्पक्ष भएर जनप्रतिनीधी र कर्मचारीहरुको गतिविधिमा खबरदारी गरेर सहयोग गर्न आग्रह गर्नुभयो । नयाँ बर्षको शुभकामना सहित नयाँ बर्ष संगै समग्र रामपुरको विकासका लागी मिलेर पादर्शी, सुशासनयुक्त समृद्ध नगर निर्माणको संकल्प सहित लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर क्षेत्रको विकास र प्रचार प्रसारमा संचार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउँदै खबरदारीलाई जारी राख्न अनुरोध गर्दै निष्पक्ष भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रम कटुवाल खबरका सहसम्पादक इमान सिं रानाको स्वागतबाट सुरु भएको , कार्यक्रममा नेकपा एमाले पाल्पाका सचिवालय सदस्य एवं एमाले रामपुरका नगर ईन्चार्ज राजु प्रसाद श्रेष्ठले कोभिडका विरुद्धमा सचेतना जगाउँदै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका सचिव चिरिन्जीवि सिग्देल, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं नगर प्रबक्ता हुमनाथ न्यौपाने, वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार खनाल, वडा नं. ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर नगरपालिकाका कार्यापालिका सदस्य दुर्गादेवि भण्डारी गौतम, सिमादेवि राना, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिम बहादुर क्षेत्री, नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष शंकर बहादुर खाँण, निर्माण व्यवसायी संघ रामपुरका कोषाध्यक्ष समसुल हक मियाँ, होराईजन डेन्टल क्लिनिकका शंकर श्रेष्ठ, मेचिकाली दैनिकका रामपुर संवाददाता बन्दना पोखरेल, पृथ्वी टेलिभिजनका अस्मिता पराजुली, पत्रकार समिता थापाले नयाँ बर्षको अवसरमा शुभकामना दिनु भएको थियो । सीताकुण्ड मिडिया प्रालिका अध्यक्ष दुर्गेश मल्लको अध्यक्षतामा भएकोसंवाददाता प्रकाश ज्ञवालीको धन्यवाद र सम्पादक दानु हिस्की मगरको सञ्चालनमा भएको हो । कटुवाल खबरले विभिन्न सन्देश तथा आफ्ना गतिविधि समावेश गरेर भित्तेपात्रो विमोचन गरेको हो ।