
१, बैशाख २०८७ रामपुर अस्पताल रामपुर पाल्पाको पहिलो पटक शल्यक्रिया मार्फत बच्चा जन्माउन सफल भएको छ । सदरमुकाम बाट ६५ किलो मिटर र्पुवमा रहेको रामपुर अस्पतालले (cessarean section) प्रबिधि बाट सफल शल्यक्रिया गरी मंगलबार बिहान ९ः०२ बजे, निस्दी गाउपलिका ५ बेलाैजी की २७ बर्सीय यमसरी सारु को ३ केजि ४५० ग्रामको बच्चा (छोरी) जन्माउन सफल भैएको छ ।
डा. बासुदेव सुबेदी को नेत्रित्वमा डा. बिनिता लामिछाने ,भानु अर्याल सहायक तर्फ तथा नर्सिङ तर्फ सुनिता गौतम ,अनु सुनाम , मनिषा घर्ति मगरको टिमले उक्त शल्यक्रिया सम्पन्न गरायको हो । एक बर्ष को अथक प्रयास र मेहेनेत पछि यो सम्भव भएको अस्पालका प्रमुख विजय परियारले जानकारी गराउनु भएको छ । उहाँले सबैको साथ सहयोग ले नै यो सफलता प्राप्ती संगै हामीलाई थप हौसला मिलेको बताउनु भएको हो ।
शल्यक्रिया प्रकृया सम्म आउन र सफल बनाउन लागि पर्नु हुने अस्पताल प्रमुख ,अस्पताल बिकास समिती ,सम्पूणर् कर्मचारी ,शुभ चिन्तक एवम सम्पूणर् नगरबासी हरुलाई हार्दिक धन्यवाद समेत अस्पतालको तर्फबाट व्यक्त गर्दै यो प्रकृया निरन्तर हुने समेत बताउनु भएको छ । पाल्पाको पूर्व एवं स्याङ्गजा, तनहुँ र नवलपरासि समेतका जनताले सेवा लिने यो अस्पतालमा सुविधा थपिए सगै स्थानिय खुशि भएका छन् ।