
३, बैशाख २०७८, नयाँ र निष्पक्ष समाचारका लागि स्थापना भएको गण्डकीबेशी मिडिया प्रालि द्धारा सन्चालित बोली खबर डट कमले आज जेष्ठ नागरिक सम्मान गरेको छ । गण्डकीबेशीको खबर बोल्ने बाेली खबरले स्याङ्गजा जिल्ला चापाकोट नगरपालिकामा रहेको बृद्ध आश्रम राधा दामोदर नेपाल निर्बाक पिठ केलादी धाममा सरसफाईका सामान र फलफुल वितरण गरेको छ ।
संस्थाले आफ्नो सुचनाको हक दिने कर्तव्य र दायित्व र्निवाह गर्दै सामाजिक सेवामा सर्मपती हुनु पर्ने उत्तरदायित्व बोध सहित जेष्ठ नागरिक सगँ माया र आर्शिवाद लिने कार्यक्रम सम्पन्न गरेको हो । प्रत्येक वर्ष सामाजिक उत्तर दायित्व अन्तर्गत यस्ता र्कायक्रम गर्ने समेत निर्णय गरेको छ । संस्था सुरुबाट गर्दै गर्दा जिउदा ईतिहास हाम्रा समाजका अग्रज जेष्ठ नागरिक सगँ नयाँ बर्ष मनाउने काम सम्पन्न गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम चापाकोट नगरपालिका वडा न ६ का वडाध्यक्ष एकराज भट्टराईको प्रमुख आतित्थ्यतामा भएको हो । प्रमुख भट्टराईले सामाजिक उत्तर दायित्वको लागि धन्यवाद दिनु भएको छ ।
त्यस्तै राधादामोदर नेपाल निम्र्बाक पिठ केलादीका अध्यक्ष लेखनाथ वस्ताकोटीले बोली खबरको उत्तराेतर प्रगतिको कामना गर्नुका साथै कुना काँप्चामा लुकेर रहेका सुचना सामाचारलाई प्राथमिकतामा राख्नु पर्ने र यहाँका आर्थिक सामाजिक धार्मिक पर्यटनका विकास अगाडि बढोस भन्ने शुभकाना दिनु भयाे । सस्थांका सचिव घनश्याम खनालले रामपुरवासीको माया प्रति आभार रहेको बताउदै २००६ साल देखि सुरु भएको यस सस्था गण्डकीबेशिको धार्मिक पर्यटनमा टेवा पुर्याउदै निम्वाकीहरुको केन्द्रिय कार्यालय भए पनि प्रचार प्रसारको अभाबका कारण ओझेलमा परेको यस संस्थालाई मिडियाका माध्यमबाट प्रचार गरि धार्मीक पर्यटनमा टेवा पु¥याउने भन्दै बोली खबरलाई धन्यवाद दिनु भएको छ । त्यस्तै गरि युुवा समाजसेवि प्रमोद पोखरेलले खबर विहीनको खबर आवाज विहिनको आवाज बन्न सकोस भन्ने शुभकामना दिनु भएको छ ।
सम्पूर्ण पत्रकारको तर्फबाट पत्रकार बासुदेव ढकालले मन्दिर निर्माणका लागि सबैले गर्नु भएको योगदान अमुत्य रहेको बताउदै नयाँ बर्षको अवसरमा आमाबाबाहरुको आर्शिवादका लिने र माया साट्न पाउदाँ खुशि रहेको वताउनु भएको छ । वृद्ध आश्रममा रहेका ३५ जना बृद्ध बृद्धालाइ सम्मान सहित सरसफाईका सामान वितरण गरेको हो । सामाग्री प्राप्त गरे सगँै त्यहा बस्ने आमा वुवाको मुहारमा खुशि देखिएको थियो भने उहाँहरुले आर्शिवाद दिदै सस्थां र सन्चालकको प्रगतिको कामना समेत गर्नु भएको छ । विगत लामो समय देखि मन्दिरमा बस्दै आउनु भएका बृद्धहरुले जिवको लामो समय मन्दिरमा व्यतित गर्नु भएको छ । सस्थांले २०७७ साल भदौमा कम्पनी दर्ता गरि अगाडि बढेको सस्थां चैत्रमा सुचनाविभाग तथा प्रेस काउनसिलमा दर्ता भएको हो । गण्डकी बेशि मिडिया प्रालिका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सस्थांका सदस्य सन्जु परियारले गर्नु भएको हो भने सन्चालन सम्पादक बन्दना पोखरेलले गर्नू भएको हो ।