खबर विहिनहरुको खबर बन्न सकोस [सम्पादकीय]

बाेली खबर   ४ बैशाख २०७८, शनिबार ०८:०७

सूचनाको पहुँच पुर्‍याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो ।

बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको छ । सिमान्तकृत राज्यको मुलधारबाट पछाडी पारिएको वर्गलाई संचारको मुल धारमा ल्याउने र उनीहरुको सकारात्मक लडाईमा सहयोग गर्दै अगाडि बढ्ने प्रतिवद्धता जायर गर्न चाहान्छौ । समयको अन्तराल संगै आज समाजिक रुपान्तरण आर्थिक र प्राविधिक रुपान्तर हुदै गईरहेको छ ।

हिजो एक अर्का संग खबर पुर्‍र्याउन निकै गाह्रो थियो । यमराजलाई आफ्नो बहिनी भट्न जान र्फुसद नभए पछि बहिनी यमुनाले भाइलाई भेट्न बोलाउन काग कुकुर जस्ता जानवारलाई प्रयोग गरेर सुरु भएको हाम्रो संचार आकाशवाणी, कटुवाल प्रथाका चिठ्ठी जस्ता माध्यम हुदै आज यहाँ आई पुग्दा हात हातमा भएका मोवाईल र इन्टरनेटले विश्वलाई साघुँरो बनाई दिएको छ । हामीले बोली खबरलाई जनताको सिमान्तकृत अल्पसंख्यक राज्यको मुलधारबाट पछाडि पारिएका समुदाय महिला बालबालिका गरिवीको रेखा मुनि रहेका, फरक क्षमता भएका व्याक्तिको आवाजलाई संचारमा ल्याउने प्रयत्न गर्ने जर्मको बोली खबर डटकम मार्फत गर्न खोजेका छौ ।

जनताको सिमान्तकृत अल्पसंख्यक राज्यको मुलधारबाट पछाडि पारिएका समुदाय महिला बालबालिका गरिवीको रेखा मुनि रहेका, फरक क्षमता भएका व्याक्तिको आवाजलाई संचारमा ल्याउने प्रयत्न गर्ने जर्मको बोली खबर डटकम मार्फत गर्न खोजेका छौ ।

बोली खबरलाई वर्तमान समयको आवश्यता अनुसार प्रविधिलाई पछ्याउँदै, विगतमा सूचना प्रवाह गरी जीवन अर्पण गर्नु भएका ज्ञात अज्ञात पूर्खाहरु प्रति सम्मान गर्दै, कुनै व्यक्ति, पेशा, थर विशेषमा पूर्वाग्रही नराखी बोल खबर जन जनको बोली सामाजिक रुपान्तरणको एक सहयात्री बनाउने योजना सहित २०७७ भदौ महिनामा गण्डकीबेशी मिडिया प्रा.लि. नामक कम्पनी दर्ता गरि प्रकृयागत रुपमा अगाडि बढेका होै र यहि चैत्रमा सुचना विभाग र प्रेस काउन्सिलमा दर्ता प्रकृया सकाएपछि आधिकारीक रुपमा बोली खबर डटकम http://bolikhabar.comको डोमेन सहित तपाई समक्ष संचारको दुनिँयामा एक नयाँ आयाम थप्ने गरि आएका छोै ।

“नयाँ र निष्पक्ष समाचार” का लागि स्थापना भएको गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर डट कमले आफ्नो काम कर्तव्य र अधिकार अन्तर्रगत सामजिक सेवा पनि संस्थागत उत्तर दायित्व भित्र पर्ने महसुुस गरी बोली खबरको शुभारम्भ जेष्ठ नागरिक सम्मानबाट गरेको छ । गण्डकीबेशीको खबर बोल्ने बोली खबरले आफ्नो सामजिक सेवा अन्तरगत सेवाबाट आज स्याङ्गजा जिल्ला चापाकोट नगरपालिकामा रहेको बृद्ध आश्रम राधा दामोदर नेपाल निर्बाक पिठ केलादी धाममा आज सरसफाईका सामान सहित फलफुल वितरण गरेको छ ।
धार्मिक साँस्कृतिक पर्यटन नै नेपालको पहिलो आर्थिक रुपान्तरणको बाटो बन्न सक्ने हाम्रो ठम्माई रहेकाले आन्तरीक पर्यटन प्रवर्धन गरी आध्यात्मिक चिन्तन सहित अगाडि बढ्ने अभिप्रायले संस्थाले सामजिक कामलाई प्राथमिकता दिदै बोली खबर डट कमले आफ्नो कदम अगाडि बढाएको छ ।

“नयाँ र निष्पक्ष समाचार” का लागि स्थापना भएको गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर डट कमले आफ्नो काम कर्तव्य र अधिकार अन्तर्रगत सामजिक सेवा पनि संस्थागत उत्तर दायित्व भित्र पर्ने महसुुस गरी बोली खबरको शुभारम्भ जेष्ठ नागरिक सम्मानबाट गरेको छ ।

संस्था सुरुवात गर्दै गर्दा जिउदा ईतिहास हाम्रा समाजका अग्रज जेष्ठ नागरिक संग नयाँ बर्ष मनाउने र संगै माया र आशिर्वाद लिने काम सम्पन्न गरेको छ र जेष्ठ जिउदा ईतिहासको आशिवाद बाट बोली खबरलाई जनबोली बनाउने प्रयत्न गरिएको हो । संस्थाले आफ्नो सुचनाको हक दिने कर्तव्य र दायित्व र्निवाह गर्दै सामाजिक सेवामा सर्मपती हुनु पर्ने उत्तरदायित्व बोध गरेका छ । दैनिक घटना र गतिविधि, समाजका क्रियाकलाप, विकास निर्माण, अनियमितता, लापरर्वाहीका समाचार संगै सकारात्मक प्रयासहरु राज्यको मुल धारमा आउन नसकेकालाई ल्याउने विषय वस्तुको गहिराई सम्म जाने प्रयास गर्दै जाने छौं । प्रकृतिक विपद् र त्यसले निम्त्याएको जोखिमको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने साथै सम्बन्धित निकायलाई घचघचाउने छौँ ।

हामीले सुचना सम्प्रेसणसंगै स्थानीय स्तरमा भएका गतिविधिहरु विश्वभर छरिएर रहेका नेपालीहरु समक्ष पुर्‍याउनका लागी हरपल लागिरहने छौ । जसको निम्ती हाम्रो आधिकारिक बेव साईड फेसबुक पेज, युट्युव, ट्वीटर, मार्फत तपाईको हातमा रहेको मोवाईलमा जोडिने प्रयत्न गरिरहेका छौ र गरिरहने छौ । हामीले बेला बखतमा लाईभ प्रसारणलाई पनि निरन्तर जोड्ने छौं । हाम्रा साझेदारी संघ संस्था, विज्ञापनदाता, पाठक तथा दर्शकहरुको निरन्तरको साथ, हाम्रा संवाददाता, लेखकहरुको लगावले हामीलाई सफल बनाउने छ । जसको सुरुवाद भईसकेको छ । यहाँहरुको सल्लाह सुझाव र शुभेच्छ मायालाई अंगिकार गर्दै सत्य, तथ्य र निष्पक्ष हाम्रो मुलमन्त्रलाई जप्दै हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिवद्ध छौं र दिने छौँ ।

हाम्रो आधिकारिक बेव साईड फेसबुक पेज, युट्युव, ट्वीटर, मार्फत तपाईको हातमा रहेको मोवाईलमा जोडिने प्रयत्न गरिरहेका छौ र गरिरहने छौ ।

अबको हाम्रो यात्रा सामाजिक कुप्रथा कुसस्कार र सामाजिक धमीराहरुको विरुद्धमा आर्थिक सबृद्धका लागि धर्म संस्कृती भाषा भेषभुषा कृषी पर्यटनका साथमा कदम मिलाउदै अहिले विश्व आतङ्गकीत पारेको अदृश्य शक्ति कोभिड भाईरस विरुद्धको अभियान संगै समाजको निरन्तर खबरदारी र पहरेदारी नै रहनेछ भने प्रविधिको विकासको फाईदा लिदै पाठक र दर्शकको रुची अनुसारका सामाग्रीहरु प्रसारण गर्दै जाने छौ । साथै हाम्रो फेसबुक पेज संगै हामी युट्युव, ट्वीटर, इस्टाग्राम, मार्फत पनि आउने प्रयास गर्दैछौं । अन्तमा सकारात्म सोचका साथ भर्खर र्सन लागेको फुललाई सवैले आफ्नो ठाउँबाट मलजल गरी सहयोग गर्नु हुनेछ भन्दै विश्व शान्तिको कामना मानबमा मानबता नहरावस शुभकामना नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।