निस्दी ५ गल्धाकाे पिपल भञ्ज्याङ्गमा जिप दुर्घटना (अपडेट नामावली सहित)

बाेली खबर   ६ बैशाख २०७८, सोमबार १०:०८

पाल्पा, निस्दी गाउँपालिका ५ गल्धाको पिपल भञ्ज्याङ्गमा जिप दुर्घटना भएको छ ।
निस्दी ३ झिरूबासको खादरबाट रामपुरका लागि छुटेको लु १ ज ५७११ नम्बरको जिप पिपल भञ्ज्याङ्गमा दुर्घटना भएको हो । दुर्घटनाका घाईतेहरुलाई रामपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी ७ जना घाईते भएका छन् भने २ जना गम्भिर घाईते भएका छन् । घाईते हरु निस्दी ४ का मित्यालका बर्ष ७० चुरा सिहं सुनारी, बर्ष ८० बर्षका दल बहादुर दिसुवा , बर्ष ६४ का फत्तेसिं ठाडा, निस्दी ३ झिरुबासका बर्ष ५८ तिलीसरा ढेगा, बर्ष ४३ का केशरी सोमै, बर्ष ५८ का आटी सरा ढेगा र बर्ष ६० का राम सरा सोमै रहेका छन् । गम्भिर घाईते १ जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ ।

जिपमा सवार मध्ये अधिकांश सामाजिक सुरक्षा भत्ता लिनको लागि बेझाँड आएका थिए । पिपल भञ्ज्याङ्ग नजिकैको उकालो घुम्ती बाट जिप सडक भन्दा केही तल खसेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

फाेटाेः मिन साेमैकाे फेसबुकबाट