
बैसाख ६
पाल्पा रामपुर नगरपालिका वडा न ६मा रहेको समाज सुधार आमा समुहले आज शुभकामना आदान प्रदान गरेकोव छ । आफ्नो नियमित मासिक बैठक अन्तरगत आज शुभकामना आदान प्रदान गरेको हो । २०४७ साल देखि महिलाको क्षेत्रमा काम गर्दै आएको आमा समुहले आज दुर्गा मन्दिर व्यवस्थापन समितिका प्रधानसंरक्षक एव समाजसेवि जेष्ठ नागरिक दुर्गा देबि पोखरेलको प्रमुख आतित्यतामा शुभकामना आदान प्रदान गरेको हो ।
आमा समुहका महिला दिदि वैनि विच आज भएको शुभकामना आदान प्रदानमा एक आपसमा सुख शान्ति सम्बिृद्धि र प्रगति साथै सकारात्मता सहित देश मा शान्ति र स्थिरताको कामना गरेका छन् । सस्थाका सदस्यहरु मन्दिर व्यवस्थापनका समिति सदस्यहरु लगाएतको उपस्थितिमा भएको शुभकामना आदान प्रदानमा आमा समुहका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा र सचिव कुन्ता गैरे सन्चालनमा भएको हो ।