पूर्वी पाल्पामा जापानिज समाजसेबीकाे सामाजिक कर्म

बन्दना पाेखरेल   ६ बैशाख २०७८, सोमबार २२:१६

बैसाख ६

रामपुर पाल्पा पुर्वी पाल्पामा रहेर समाजको हरेक क्षेत्रमा सहयोग र्पुयाउदै आएका जापानिज नागरिक काजुमासा काकीमी (ओके बाजे) ले रामपुरका विभिन्न विद्यालयलाई यस हप्ता सहयोग गरेका छन् ।

पाल्पाको पुर्वमा कहिले शिक्षा कहिले सन्चार त कहिले महिलाका लागि कहिले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका जापानिज समाजसेवी ओके वाजेले यस हप्ता रामपुर नगरपालिकामा रहेको शहिद वहुमुखि क्याम्पसलाई २४ लाख सहयोग गरेका छन् । क्याम्पसको पुस्तकालय भवन निर्माण संगै ओके बाजे अक्षयकोष स्थापनाका लागि रकम सहयोग गरेका हुन् ।

क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेका अनुसार ओके बाजे मार्फत १८ लाख पुस्तकालय भवन निर्माणका लागि र ६ लाख ५ हजार ३ सय ७५ रुपैयाँ अक्षयकोष स्थापनाका लागि सहयोग प्राप्त भएको हो । शहिद बहुमुखी क्याम्पस क्याम्पस संचालक समितिका अध्यक्ष देवराज ढकाल र क्याम्पस प्रमुख काफ्लेलाई काजुमासा काकीमी (ओके बाजे) ले चेक हस्तान्तरण गरे ।

जिल्लाको पूर्वी क्षेत्र संगै गण्डकी वेशीको जेठो क्याम्पसको रुपमा स्थापित शहिद बहुमुखीमा कक्षा ११ देखि स्नातकोत्तर तह सम्मको पठनपाठन हुँदै आएको छ ।

त्यसै गरि आईतवार रामपुर वडा न ५ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयमा दिवा खाजा र विद्यालयको पोशाक पाएका छन् । विद्यालयमा अध्यान गर्ने ६० प्रतिशत विद्याथि सेमन्तकृत वर्गका बोटे ,कुमाल, दरै र जनजाति समुदायका रहेका छन् । विद्यालयमा नियमित रुपमा आउने गराउन समस्या परेका बेला जापानी समाज सेवि काजुमासा काकिमि ओके बाजेले विद्यालयमा विद्यालय पोशाक ट्याकसुट र नेपाल सरकारको दिवा खाजा कार्यक्रम संचालन गरेपछि अहिले विद्याथिहरु नियमित विद्यालय आउन थालेको प्रधानध्यापक बुद्धिराज आचार्यले बताउनु भयो । एउटा मात्र विद्यालयको पोशाक हुदा समस्या थियो बुवाआमाले पनि किन्दीन समस्या थियो जापानी संस्था बुद्धआइ भन्ने सस्थाको आथिक सहयोगमा अहिले विद्यालयमै पोशाक पाएपछि खुशि लागेको विद्याथि विक्रम सोमैले बताउन् । २०५५सालमा स्थापना भएको विद्यालयमा अगं्रेजि र नेपाली माध्यममा कक्षा नर्सरी देखि यु केजि सम्म र नेपाली माध्यममा कक्षा ५ सम्म ७० जना विद्याथि अध्यानरत रहेको छन् ।

फाेटाे पत्रकार रमा भण्डारी र शहिद क्याम्पसका स्वभियु सभापति जिवन तिवारीकाे फेसबुद बाट