
बैशाख ७, रामपुर अस्पताल रामपुर पाल्पामा पहिलाे पटक शल्यक्रिया गरेर बच्चा जन्माउने महिला लाई डिसचार्ज गरिएकाे छ । अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई काे अध्यक्षतामा एक कार्यक्रम का साथ डिसचार्ज गरेकाे हाे ।
चैत ३१ गते विहान ९ बजेर २ मिनेट जादा एम डि डाक्टर बासुदेव सुवेदिकाे टाेलिले पहिलाे पटक रामपपुर अस्पतालमा शैल्यक्रिया गरि छाेरीकाे जन्म दिएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताउनु भएकाे छ । कार्यक्रममा अस्पताललाई विश्वास गरेर यहि सफल अप्रेसन गरि निस्दी गाउँ पालिका वडा नम्बर ५ बेलाैजी बस्ने २७ वर्षिय यमसरी सारुकाे सफल अप्रेसन भएकाे हाे । कार्यक्रममा अप्रेसन टाेलिका प्रमुख डा सुबेदिले केस नर्मल थिएन जहाँ गए पनि अप्रेसन नै गर्नु पर्थयाे हामी यहि स्राेत र साधन जुटाएर सफल शल्यक्रिया गर्न सफल भयाै भन्नू भयाे ।
नवजात शिशुका बुवा लिल बहादुर सारुले घरकाे अार्थिक अबस्था पनि कमजाेर थियाे बाहिर लैजान परेकाे भए कति खर्च हुन्थ्याे रामपुर मै अप्रेसन भयाे अामा छाेरीकाे अबस्था पनि राम्राे छ खुशि छु र अस्पताल परिवारलाई धन्यबाद दिन चाहान्छु भन्नू भएकाे छ । अस्पताल विकास समितिका अध्यक्ष भट्टराई ले अस्पतालले पहिलाे शल्यक्रिया बाट जन्मिएकाे शिशु र अामालाई ५ वर्ष सम्म अस्पताल का सेवा निशुल्क दिने बताउनु भएकाे छ । यसै गरि यश बच्चाकाे लागि रामपुरमा हुने शिक्षामा पनि निशुल्क गर्ने रामपुर नगरपालिकाले बताएकाे अध्यक्ष ले जानकारी गराउनुु भएकाे छ । कार्यक्रममा बच्चाकाे लागि गुडिया र अस्पताललाई विश्वास गरेकाे भन्दै सुत्केरी अामा लाई सम्मान पत्र फुलमाला अविरले सम्मान गरेकाे समितिका सदस्य ईश्वरी देवि खनालले बताउनु भएकाे छ । अाज अप्रेसन गरेकाे अाठाै दिन स्वास्थ्य अवस्था जाँच गरि डिस्चार्ज गरेकाे हाे । वहालाई घर सम्म एम्बुलेन्स ले पुर्याउनि पनि अस्तालले जनाएकाे छ ।