पितृमुक्ति बिराट महायज्ञ सुरू

बन्दना पाेखरेल   ८ बैशाख २०७८, बुधबार ०७:१०

८ बैशाख, नवलपरासी, अनाथ आमा आश्रम सञ्चालनार्थ एतिहासिक श्रीमदभागवत पितृमुक्ति बिराट महायज्ञ-२०७८ सुरू भएकाे छ । नवलपरासी सुस्ता पर्व बुलिङ्गटारमा एक कार्यक्रमका साथ हिजो शुभारम्भ भएको हाे । बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटाको स्वागतबाट शुरु भएको महायज्ञकाे उद्घाटन संघिय सभा सदस्य माननीय शसाङ्क कोईरालाले गर्नु भएकाे हाे । सांदद काेर्इरालाले बाेल्दै महायज्ञ सफलताको शुभकामना सहीत धार्मिक क्षेत्र घुमारीघाटको बिकास र अनाथ आमा आश्रम सञ्चालनमा सबैको सहयोग र सहकार्यको आवश्यकतामा जोड दिनु भएको हाे । उहाँले भावुक हुदै अामा अाफैमा भाबनात्म सम्वन्ध भएकाे शव्द हाे र यसले मानिसलार्इ जीवन पर्यन्त जाेडिरहन्छ भन्दै यसकाे विकासका लागी अाफुले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जनाउनु भएकाे छ । उहाँले धार्मीक पर्यटनले यस क्षेत्रकाे बिकासका लागी समेत टेवा पुग्ने कुरामा जाेड दिनु भएकाे छ ।

बुलिङ्गटार गाउँपालिका-६ घुमारीघाट धार्मिक क्षेत्रमा बैशाख ७ गते मंगलबार देखी सुरू भएकाे महायज्ञ जेठ ६ गते सम्म सञ्चालन हुने भएकाे छ । महायज्ञमा संकल्पकर्तागुरु प्रमुख वाचक नारायण न्यौपाने कृष्णचरणामृतबाट कथा वाचन हुने छ । भजन कृतन झाँकी सहीत रमार्इलाे संगीतीक बातावरण हुने कथा प्रवचनमा हिजाे मंगलबार कलशयात्रा भजन कृतन र स्थानिय झाकी सहित यज्ञ स्थाल परिक्रमा गरिएकाे हाे ।

बुलिङ्गटार गाउपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटिको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र नेपाली , राेसन गाहा बिष्णु लामिछाने र ओमकला गौतमले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दै धार्मिक क्षेत्र घुमारीघाटको बिकास र अनाथ आमा आश्रम सञ्चालनमा सबैको सहयोग र सहकार्यको आवश्यकतामा जोड दिनु भएको थियो ।

कार्यक्रममा महायज्ञ र अनाथ आमा आश्रम निर्माण र सञ्चालनमा सहयोग गर्नुहुने ब्यक्तिलाई सेवा पदक पत्र प्रदान गरिएको छ । महायज्ञ शुभारम्भ कार्यक्रममाकाठमाडौ,रुपन्देही,स्याङ्जा,कास्की,चितवन,पाल्पा,नवलपरासी कालीगण्डकी नदिबेसिका हजारौं भक्तजनको सहभागीता रहेको थियो ।भक्तजन,पण्डित,गुरुहरुको कलश यात्रा सहित मन्दिर र महायज्ञ परिसरको परिक्रमा गरि सुरु भएको शुभारम्भ कार्यक्रमको सञ्चालन दिप टेलिभिजनका कार्यक्रम प्रस्तोता चन्द्रकान्त काफ्लेको सञ्चालन गर्नु भएकाे हाे ।