पाल्पामा टिप्पर दुर्घटना हुँदा एकको मुत्यु

बन्दना पाेखरेल   ८ बैशाख २०७८, बुधबार १३:१७

पाल्पा, ८ बैशाख । पाल्पा, माथागढी गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।
माथागढी गाउँपालिका वडा नं ५ सुर्काबास गोठादी सुनवल कच्ची सडक खण्डमा सुनवलबाट चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको खाली टिप्पर सडकदेखि एक सय मिटर तल खस्न जाँदा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव निरीक्षक लक्ष्मण पचभैयाका अनुसार टिप्पर दुर्घटनामा परी टिप्पर चालक सल्यानका ३७ वर्षीय भोला राम बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।