
रामपुर (पाल्पा), ८ वैशाख जेष्ठ नागरिक मिलन केन्द्र भबन शिलान्यास समारोह आज सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न ५ रामघाटमा जेष्ठ नागरिक मिलन केन्द्र बन्ने भएको हो
। जेष्ठ नागरिक मिलन केन्द्रको आज राम नोवमी र्पवको अवसर पारि ऐतिहासिक धार्मिक र्तिथ स्थल रामघाटमा लुम्बीनी प्रदेश पाल्पा क्षेत्र न १ (क)का प्रदेश सभा सदस्य युवराज खनालले शिलन्यास गर्नु भएको हो । मिलन केन्द्रको शिलन्यास गर्नू हुदै खनालले नेपाल एक बहुभाषा बहु धर्म सस्ंकृति रितिरिवाज भएको देश हो । यहाँ रामपुरमा पनि राम सगँ जोडिएका थुप्रै पौराणीक कथा र ईतिहास रहेको छ । भन्दै रामपुरकै नाम पनि रामकै नामबाट रहेको बताउदै उहाँको यस क्षेत्रको विकासका लागि पनि धार्मीक पर्यटन अपरिहार्य रहेको र यसको सहयोगका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । उहाँले एक फरक प्रसंगमा बोल्दै रामपुरमा अधुरा रहेका पुलहरु पुन सुचारु भएको, रामपुर कपुरकोट बाटो, स्मार्ट कृषी गाउँ साथै बाटो घाटो सवैका बजेटका विषयमा जानकारि गराउनु भएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ लाख बजेट बिनियोजन गरेको छ । झण्डै ४ रोपनी क्षेत्रफलमा बन्ने जेष्ठ नागरिक मिलन केन्द्रमा समाजका जेष्ठ नागरिकहरु फुर्सदको समयमा दिनमा जम्मा भएर भजन गाउने तथा सुख दुखका गफगाफ गरेर खुशियाली दैनिकी बिताउन मद्धत पुग्ने आशाले मिलन केन्द्र निर्माणको पहल थालिएको हो नगरमा जेष्ठ नागरिक मैत्री भवन तथा दिर्घकालिन मिलन केन्द्रको आबश्यकता महसुस भए सगँै यसको प्रकृया सुरु गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकास रेग्मीले बताउनु भएको छ ।
लक्ष्मि नारायण मन्दिर आज भन्दा करिव २ सय वर्ष पहिला देखिको ईतिहास बोकेको छ भने पौराणिक धार्मिक आस्था बोकेको रामघाट भगबान राम सगँै सुरु भएको किम्वदन्ति रहेको छ । स्याङ्गजामा बसोवास गरेका रेग्मीहरुलाई विर्ता स्वरुप रामपुरमा जग्गा प्राप्ति भएको र एक भाई तुलसिराम रेग्मीलाई राति सपनामा लक्ष्मि नारायण देखिए सगँै गुठिको रुपमा विस्तार गरिएको ईतिहासँ रहेको छ । तुलसिरामले आफ्ना भाईहरुका बिर्तामा घिमिरे र गौतमको विर्ता किनी करिव २१सय रोपनीलाई गुठिको रुपमा परिणत गरिए सगँै विस १९०३ मा राजेन्द्र विक्रम शाहाबाट प्राप्त गर्नू भएछ । यस सगै आफ्ना कुलबाट दैनिक पुजा पाठ गरिदै आएको छ । २०४९ सालमा जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको हो भने २०७५ मा सार्वजनिकीकरण गरिएको हो ।
भगबान राम बनबास गएको बेलामा रामपुरमा राम धेरै समय वसेको रामपुरको नाम सगैँ यहाँका धेरै ठाउँका नाम राम सगँ जोडिएका छन् । रामघाट , रामकुवा , रामचे, रामचुलो, रामभाङ्ग,जस्ता ठाउँहरु रहेका छन् । यहाँ रामका कुल गुरु वशिष्ठ बसेको गुफा , राम मात्र होईन यस क्षेत्रमा पाण्डवहरु पनि आएको शिवजी पनि यस स्थानमा आएर तपस्या गरेको शिव पुराण ,गंगा महात्म र बराह पुराणमा उल्लेख गरिएको छ । हाल सदस्यताबाट प्राप्त रकम बैकं खातामा जम्मा परीएको छ भने सय जना सदस्य बनाउने र उठेको रकम यहि मिलन केन्द्रमा लगाउने उद्देश्य रहेको छ ।
सस्ंथाका सन्चालक समिती सदस्य अर्जुन रेग्मीको स्वागतबाट सुरु भएको कार्यक्रममा नगर उपप्रमुख बिष्णु देबि घिमिरे आचार्यले प्रदेशमा जम्मा ५ वटा मिलन केन्द्र परेकोमा हाम्रो मा परेको छ भन्दै यति पैसाले नपुग्ने भएकोले बजेट थपका बिषय माननियले सहयोग गर्न आग्रह गर्नु भएको छ । उँहाले रामपुर नगरपालिकाले प्रत्येक बर्ष १० प्रतिशत सहयोग गर्ने समेत बताउनु भएको छ । निर्माणका लागि केन्द्रबाट आउने कुल वजेटको १० प्रतिशत रकम सहयोग गर्ने समेत बताउदै उहाँले बृद्ध अबस्थामा आएर आफ्ना दुख सुख साटासाट गर्ने भजन कृतन गर्ने रमाउने स्थल बनाउन भोलिको लािग पनि आवश्यक रहेको बताउनु भएको छ ।
शहिद बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देबराज ढकालले हिजो र आज को यस ठाउँको बारेमा बिस्लेशणात्मक रुपमा बिल्दै यसको प्रचार प्रसार गर्न जरुरि रहेको बताउनु भएको छ । त्यस्तै गरि वडा न ५ का अध्यक्ष हिमाल मल्ल, रामपुर ६ का वडा अध्यक्ष एब नगर प्रबक्ता हुमनाथ न्यौपाने ,नेकपा एमाले का नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेस रामपुरका सचिब चिरञ्जीवी सिग्देल पुर्बी पाल्पा महिला समुहको अध्यक्ष रिता गौतम लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । सिलन्यास समारोहमा लक्ष्मि नारायण मन्दिर व्यवस्थापन समीतिका अध्यक्ष बुद्धि प्रकास रेग्मीको अध्यक्षतामा भएको हो भने सन्चालन सदस्य दुर्गा प्रसाद पोखरेलले गर्नू भएको हो ।

















