गण्डकीबेशीका राम मन्दिरहरूमा रामनवमी पर्व मनाईयो

बाेली खबर   ८ बैशाख २०७८, बुधबार १९:४५

आज चैत्र शुक्ल नोवमी रामको जन्मदिन राम नोवमी र्पव गण्डकी बेशिमा रहेका रामका मन्दिरहरुमा पुजा आजा भएका छन । रामको नाम सगैँ आएको रामपुर र यस क्षेत्रका विभिन्न ठाउँका नाम रामकै नाम बाट रहेको छ । रामचुलो, रामघाट, रामकुवा, रामचे, राम मन्दिर, रामघाट, रामभाङ्ग, जस्ता धार्मीक स्थलहरुमा आज मेला लागेको छ । विहानै सबेरै कृष्ण गण्डकीमा स्नान गर्दा आजको दिन सेति नदि समेत मिसीन्छीन् भन्ने धार्मीक विश्वासका कारण विहानै देखि नदिमा स्थान गर्ने र मन्दिरहरुमा पुजाअर्चना गर्ने भक्तहरुको भिड रहेको छ ।

रामघाट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकास रेग्मीका अनुसार आज स्नान सगँै राम मन्दिरमा पुजा गर्नेको भिड रहेको छ भने पुर्वीपाल्पा महिला समुहको आयोजनामा आज एक लाख लक्ष्य वत्ति प्रजोलन गरिएको छ भजन कृतन सगै आउने भक्तहरुलाई खुदे पानीको र प्रसादको व्यवस्था मिलाईएको छ । त्यस्तै गरी राम मन्दिर रामपुर ५मा जहाँ रामले खाना पकाएर चुलो पुरेको भन्ने जन विश्वास सगँै रामचुलो रहेको छ आज पुजा आजा सगँै भजन कृतन गरिएको छ । राममन्दिर व्यवस्थापन समितिका अध्यक्ष फणेश्वर गौतमको संयोजकत्वमा भएको पुजा भएको हो । आज मन्दिरमा आउने भक्तजनहरुलाई प्रसाद फुल अक्षता र पुजा पाठको लाईन बद्ध व्यवस्थापन भएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष साबित्रा गैरेले जानकारि गराउनु भएको छ ।

त्यस्तै आज रामचे मन्दिरमा पनि रामको पुजा आरधना भएको छ । रामले आफु सगँै हिड्ने कुकुर छुटेपछि कुकुरलाई बोलाउदा यसै डाडाबाट चे भने सगँै रामचे डाडा नाम रहेको भनाई बुढापाकाको रहेको छ । रामचे सामुदायिक बन व्यवस्थापन समितिका अध्यक्ष दायाराम गैरेका अनुसार रामचे वनको व्यवस्थापनमा पुजाको व्यवस्था मिलाईएको बनका कोषाध्यक्ष विन्दु श्रेष्ठले जानकारी गराउनु भएको छ ।

आज गण्डकीबेशिका रामकुवा रामपुर ७मा रहेको रामकुवामा पनि पुजा भएको छ । त्रेतायुगमा भगवान रामचन्द्र भारतको अयोध्याबाट बनबास हिड्ने क्रममा गण्डकी बेशिको विभिन्न ठाउँमा बसेको तपस्या गरेको भन्ने धार्मिक विश्वास सगँै आज रामको जन्म दिनको रुपमा मनाईने रामनवमी र्पवको दिन रामपुर नगरपालिका निस्दी गाउँपालिका जस्ता विभिन्न स्थानिय तहले विदा समेत दिएका छन् ।

Aa