
पाल्पा, कावासोती बाट रामपुर आउँदै गरेको जिप केही समय अघि बुलिङटार गाउँपालिका ६ अत्रौलीमा दुर्घटना भएको छ ।
विहान पाल्पाको रामपुरका लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना भएको हो । अत्रौलीको घुम्तीमा दुर्घटना भएको स्थानीयहरुले बलराम पाठकले बताएका छन् । दुर्घटनामा १ जना पुरूषकाे घटनास्थल मै निधन भएको छ । निधन हुनेकाे पहिचान खल्न सकेकाे छैन । २ भने जना गम्भिर घाइतेलार्इ चितवन पठाइएकाे वहाले बताएनु भयाे । ईलाका प्रहरी कार्यालय डेढगाउँ बाट प्रहरी टोली घटना स्थलमा प्रहरी अाइसकेकाेले दुर्घटना के कारणले भयाे भने अनुसन्धान भइरहकाे बताएकाे छ ।