बुलिङटारकाे अत्रौलीमा जिप दुर्घटना १ काे निधन, १५ जना घाईते

बाेली खबर   १० बैशाख २०७८, शुक्रबार १५:३३

रामपुर, १० बैशाख २०७८, कावासोती बाट रामपुर आउँदै गरेको जिप बुलिङटार गाउँपालिका ६ अत्रौलीमा दुर्घटना भएको छ । लु १ ज ३७१० नम्बरको जिप  अनियन्त्रित भई सडकबाट खस्दा रामपुर नगरपालिका ३ रजघराका २८ वर्षिय अजय वि.क.को घटनास्थल मै निधन भएको छ भने १५ जना घाईते भएको  ईलाका प्रहरी कार्यालय डेढगाउँले जनाएको छ ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १२ जनाको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नायव निरिक्षक मोहन थापाले जानकारी दिनुभयो । गम्भीर घाईते ३ जनालाई थप उपचारको लागि कावासोती पठाईएको छ । जिप सडक बाट ५० मिटर तल खसेको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।