रामपुर नगरपालिकाले काेराेना राेकथामका लागि भन्दै जाेर बिजाेर प्रणालि लागु

बन्दना पाेखरेल   ११ बैशाख २०७८, शनिबार ०४:२४

पाल्पा रामपुर अहिले देशै भर कोरोना भाईसरको संक्रमण वढ्दो रहेको वेला रामपुर नगरपनि अछुतो रहन सकेन यहि संक्रमणलाई ध्यानमा राखी आज रामपुर नगरपालिकाले सर्वपक्षीय सर्वदलिय भेला बैठक बसि शनिबार राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु हुने निर्णय गरेकोछ । शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले अत्यावश्यक सेवामा प्रयोग हुने सवारी बाहेक अन्यमा यात्रु बाहक तथा निजी सवारीमा जोरविजोर प्रणाली सञ्चालन गर्ने निर्णय गरेको हो ।बैठकले व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापडण्द पालना गराउने र बजार क्षेत्रमा विना माक्स हिडदुल गरेको पाईएमा एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ । अनिवार्य माक्स प्रयोग गर्नु पर्ने निर्णय गरेको हो ।

बैठकले कोभिडको जोखिम न्यूनिकरणको लागि यी सहित १८ बुँदे विविध निर्णयहरु गरेको छ । नगर भित्र सञ्चालनमा रहेका विद्यालयहरुमा स्वास्थ्य मापडण्द पालना गराई १२ गते देखि परीक्षा सञ्चालन गर्ने र अर्को सुचना नहुन्जेल सम्मको लागि विद्यालय क्षेत्र बन्द गरिने निर्णय भएको छ ।बैठकमा रामपुर नगरपालिकाका जनप्रतिनीधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, इलाका प्रशासन, सुरक्षा निकायका प्रमुख, विद्यालय तथा अस्पतालका प्रमुखहरुको सहभागीता रहेको थियो ।

बैठकले मानिसहरुको भिडभाड हुने कार्यक्रम बैशाख मसान्त सम्म बन्द गर्ने, धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी पुजा प्रार्थना गराउने, नगर भित्रका प्रवेश विन्दुहरुमा हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य चौकीहरुमा ५ वेडको आईसोलेशन तयार गर्ने, होमआईसोलेसनमा रहेका व्यक्तिहरुको निगरानी गरी आवश्यक उपचार आवश्यक परेमा अस्पताल र प्रयोशाला संग समन्वय गरी सहजिकरण गर्ने, पिसिआर पोजेटिभ आएका व्यक्तिहरुको निकट रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी पिसिआर परिक्षणमा सहजिकरण गर्ने, भ्रमणको लागि रिजर्वमा जिल्ला भित्र बाट बाहिर जाने वा बाहिर बाट भित्र आउनेहरुलाई रोक लगाउने, विदेश बाट आउने सबैलाई १४ दिन होम आईशोलेसनमा बस्न अनुरोध गर्ने र टोलविकास समिति, समुदाय र वडा कार्यालयहरुले निगरानी गर्ने लगाएतका निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।