
१२ बैशाख २०७७, रामपुर कालीगण्डकी मत्स्य कृर्षक समूह रामपुर पाल्पाले नवबर्ष २०७८ को पावन अवसरमा शुभकामना आदानप्रदान सहित बनभोज कार्यक्रम गरेको छ । रामपुर नगरपालिका वडा नम्बर १ खटाङ्को चमेरे गुफामा कार्यक्रम भएको हो ।
समूहका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बासुदेव ढकाल र बन्दना पोख्रेलले रामपुर नगरपालिकामा मत्यपालनको विकासमा जोड दिन आग्रह गर्नुभएको छ । २७ जना आबद्ध रहेको समूले माछा उत्पादनमा रामपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।
कार्यक्रमको संचालन सचिव ओमप्रकाश रेग्मीले गर्नुभएको हो । चमेरे गुफाको प्रचार प्रसारका लागि जोड दिदै सो ठाउँमा बनभोजसँगै शुभकामना आदानप्रदान गरिएको हो ।