सहायक प्रजिअलाई कोरोना पोजिटिभ

बन्दना पाेखरेल   १३ बैशाख २०७८, सोमबार १२:०४

१३ बैशाख २०७८, तानसेन, पाल्पा पछिल्लो समय पाल्पामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा संक्रमितको संख्या २ हजार १६० जना पुगेको छ। जसमध्ये १५२ जना सक्रिय संक्रमित छन्। ३९ जनाको मृत्यु भएको छ।

यसै गरि सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना पोजेटिभ भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको काम प्रभावित भएको छ। सहायक प्रजिअलाई आइतबार संक्रमण पुष्टि भएको हो। रूघाखोकी लागेपछि पाल्पा अस्पतालमा परीक्षण गरिएको थियो। संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेसनमा छन्। उनीसँग सम्पर्कमा आएका अन्य पाँचजना कर्मचारी पनि होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।

कर्मचारी आइसोलेसनमा बस्नु परेकाले कार्यालयको काम प्रभावित भएको छ। प्रजिअ पाण्डेले कार्यालयका अन्य कर्मचारीको मंगलबार कोरोना परीक्षण गर्ने बताए। यस्तै‚ राष्ट्रिय अनुसन्धान कार्यालय पाल्पाका प्रमुख र कार्यालयका एकजना हवल्दारलाई पनि कोरोना संक्रमण भएको छ। प्रमुख जिल्ला प्रशासन कार्यालयमा नियमित बैठकमा जाने गर्दथे। जिल्ला वन कार्यालका एकजना अधिकृतलाई पनि संक्रमण भएपछि कार्यालयको काम प्रभावित भएको छ