शैक्षिक संस्था बन्द गर्ने रामपुर नगरपालिकाकाे निणर्य

बन्दना पाेखरेल   १३ बैशाख २०७८, सोमबार १२:१८

रामपुर, १३ बैशाख २०७८, कोरोना भाईरसका कारण बिद्यालयहरु बन्द हुने रामपुर नगरपालिका शिक्षा समितिको बैठक बसि नगरपालिका भित्रको विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एव नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सिसिएमसिको निर्णय अनुसार देशभरका विद्यालय तथा शिक्षालयमा भैतिक उपस्थिति नभई र्भचुअल र बैकल्पीक माध्यमबाट मात्र पठनपाठन जारि राख्ने र अर्काे सुचना नभए सम्मका लागि सवै प्रकारका परिक्षाहरु समेत बन्द गर्ने निणय संगै रामपुर नगरपालिकाले पनि यस्तो सुचना प्रकाशन गरेको हो ।