पूर्वखोलाकाे हेक्लाङमा कोरोनाबाट एकको मृत्यु

बाेली खबर   १६ बैशाख २०७८, बिहीबार ११:४७

वैशाख १६,पूर्वखोला, पूर्वखोला गाउँपालिका वडा नं.-६, हेक्लाङमा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ। गत वैशाख १३ गते भारतबाट छोरा बुहारीहरुसंग घर फर्केकी ६५ वर्षिया वृद्धालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि रिजर्भ गाडीमा गाउँ ल्याइएको पारिवारिक श्रोतले जनाएको छ ।

गाउँमा आइपुगेपछि वडा कार्यालयको समन्वयमा वैशाख १४ गतेदेखि क्वारेन्टाइन राखिएका उनको आज बिहान निधन भएको हेक्लाङका वडा अध्यक्ष मन बहादुर सारुले बताउनुभयो । उनीसँगै रहेका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको र हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अध्यक्ष सारुले बताउनुभयो । मृतकको शवलाई पूर्वखोला गाउँपालिकाको कोरोना शव व्यवस्थापन स्थलमा अत्येष्टी गर्न लागिएको छ ।