रामपुरमा शित भण्डार निर्माण सम्पन्न

बन्दना पाेखरेल   १६ बैशाख २०७८, बिहीबार १४:०५

रामपुर १६, बैशाख २०७८ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सम्पन्न भएको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण सम्पन्न छ । प्रदेश सरकार लुम्बिनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड ५२ लाखको लागतमा ठेक्का लिएर काम थालनी गरेको हो ।

अहिले जिल्लामै ठूलो शित भण्डारणको रुपमा सम्पन्न भएको शित भण्डारणमा आलु राख्न सुरु गरिएको छ । गत आर्थीक बर्षमा लुम्बिनी प्रदेशले बजेट विनीयोजन गरे संगै असार ५ गतेबाट निर्माण कार्य थालनी भएको शित भण्डार सम्पन्न भएको र नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभयो । बन्दाबन्दीले गर्दा निर्माण कार्य ढिलो भएको बताउदै अहिले आलु राख्न सुरु गरिएको बताउनु भयो । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सशर्त अनुदान सहयोगमा शित भण्डार निर्माण सुरु गरिएको छ । आर्थिक वर्ष २०७५।०७६ मा डिपिआर तयार गरी आ.व. २०७६।०७७ मा ठेक्का सम्झौता गरिएको थियो । शित भण्डार सहित प्राबिधिक कक्ष, दुई तले आवास गृह र शौचालय निर्माण गरिनेछ । रामपुर नगरपालिकामा शित भण्डार नहुदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, वीउ विजन भण्डारण गर्न भैरहवा, स्याङ्गजा लगायतका ठाउँमा लैजानु पर्ने बाध्यता छ । रामपुर नगरपालिकामा बिशेष गरी आलु उत्पादन बढी हुने गर्दछ । यस वर्ष नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाईएको आलु वीउ र खानाका लागि राख्न सहज हुने भएको छ ।

यस अघि स्याङ्गजाको गल्याङ्ग नगरपालिकाको जिमुवा शित भण्डारमा एक सय १५ क्वीन्टल वीउको लागि भण्डारण गर्न लगिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । “कृषकले उत्पादन गरेको आलु घरमै कुहेर जाने र शित भण्डार नहुदा अर्को वर्ष वीउ जोगाउनै मुस्किल परेपछि यो वर्ष वडाले खर्च ब्यहोर्ने गरी शित भण्डारमा लगेर राख्दिएका छौँ” उहाँले भन्नुभयो । शित भण्डारको अभावमा धान, मकै, गहुँ लगायतका वीजबृद्धिका कार्यक्रम चलाउन समस्या परेको विजयपुर कृषि सहकारी संस्थाका र्पुव अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताउनुभयो । अन्यत्र शित भण्डारमा लैजानु पर्दा ढुवानी खर्च, वीउ लैजान ल्याउन समस्या परिरहेको छ । कृषि उपज भण्डारमा समस्या झेल्दै आइरहेका यहाँका कृषक शित भण्डार निर्माण कार्य सुरु भएपछि उत्साहित भएका छन् । पाचँ भागमा बाढीएर भित्रको संरचना निर्माण भएको छ । जसमा ३ वटा पार्टमा आलु र अन्यमा तरकारी राख्ने सुचना अधिकृत पाण्डेले जानकारी दिनु भएको छ ।

नगरपालिकाले शित भण्डार संचालनका लागि टेण्डर मार्फत रम्भा गाउँपालिका १ हुगाीका भगवती न्यौपाने अधिकारीलाई दुई लाख ५ हजार मा एक वर्ष का लागि टेण्डर आयोजना गरको छ । पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा गत आर्थिक वर्षमा २५ मेट्रिकटन क्षमताको शित भण्डार निर्माण गरी हाल चालु अवस्थामा छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशको सर्सत अनुदानमा तिन सय मेट्रिकटन क्षमताको शित भण्डार रामपुरमा निर्माण सम्पन्न हुदै