पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

बाेली खबर   १९ बैशाख २०७८, आईतवार १०:०३

तानसेन, १९ बैशाख २०७८, पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला पाल्पा तिनाउँ गा.पा. १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्न जादा तिनाउँ १ का प्रेम बहादुर बगालेको निधन भएको प्रहरीले जनाएको छ ।

चट्याङको कारणले जिल्ला पाल्पा तिनाउँ गा.पा.- १ बस्ने बर्ष १६ को प्रेम बहादुर बगाले (उपचारको लागी लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा ल्याईएकोमा साँझ डाक्टरद्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनामा तिनाउँ १ का १५ की ईन्दिरा उचई र रैनादेवी छहरा गा.पा.- ४ घर भई हाल तिनाउँ गा.पा.- १ बर्ष १९ को रामु गाहा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले बताउनुभयो ।