पाल्पामा जेठ ४ गते सम्म निषेधाज्ञा

बोलीखबर   २३ बैशाख २०७८, बिहीबार १९:२९

तानसेन, २३ बैशाख २०७८, कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा जारी निषेधाज्ञा जेठ ४ गतेसम्म लम्बिएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखी २४ गतेसम्म जारी निषेधाज्ञा थपेर जेठ ४ गते राति १२ बजेसम्मका पु¥याउने निर्णय गरेको हो ।
जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा फैलिरहेको छ । संक्रमणलाई नियन्त्रया गर्न निषेधाज्ञालाई बढाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताए । दैनिक सङक्रमितहरुको संख्या थपिँदै जाँदा थप सतर्कता आवश्यक रहेको ठहर गर्दै थप निषेधाज्ञा लम्बाईएको डिसीसीएमसीको बैठकले जनाएको छ ।